Advertisement
SKIP THIS

कोरियामा तमु ल्होछार धुमधामका साथ मनाए (भिडियो सहित)


“प्ये म्ह्स्यां छ्या म्ह्मु, छ्या म्ह्स्यां ल्हु म्ह्मु, ल्हु म्ह्स्यां म्ही म्ह्मु” अर्थात् “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जातिनै हराउँछ” भन्ने मूल नाराको साथमा गत ३ तारिक आईतबार द.कोरियामा रहेका गुरुङ समुदायले तमु ल्होछार धुमधामका साथ मनाएका छन् ।

http://https://youtu.be/Ez2C2aCkCL4

 

 

यो बर्ष ल्हु ल्हो (भेडा बर्ग) को बिदाई गरी प्रे ल्हो (बाँदर बर्ष) लाई स्वागत गरेका थिए ।  तमु जातिले विभिन्न पशुपन्छी र जनावरहरुलाई बाह्रवटा बर्ग (ल्हो) को प्रतीक मान्दै हरेक वर्ष ती ल्होहरु क्रमश आफ्नो चक्र पूरा गरि नयाँ ल्होमा रुपान्तरण हुने दिनलाई तमुहरुले बिशेष हर्ष उल्लास र शुभकामना आदानप्रदान गरि स्योकैँ( भोज ) गरी मनाउदै आईरहेका छन्  ।

http://https://youtu.be/zqtDFR1YWJQ

 

 

कार्यक्रमका प्रमुख अतिथि श्रम सहचारी अनिल गुरुङले मैन बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिय, भने उपाध्यक्ष रिता गुरुङले स्वागत मन्तब्य राखेकी थिईन । सुभकामना मन्तब्य राख्दै श्रम सहचारी अनिल गुरुङले जनजाती हरु आफनो धर्म,कला,संस्कृतिको रक्षा र सम्मान गर्दै अरु जात जातिको पनि कला संस्कृति सम्मान गर्ने गरेको उल्लेख गर्दै आफ्नो भाबी सन्ततिहरु लाई शिक्षित गराउनु पर्ने कुरामा जोड दिए ।

http://https://youtu.be/rTdMoufe4-o

 

 

जनजाती महासंघ द.कोरियाका अध्यक्ष चित्र ब.मोक्तानले सुभकामना मन्तब्य राख्दै सम्पूर्ण आदिवासी जनजाती दलित महिला मुस्लिम लाई राज्यले समान रुपमा व्यवहार गरेमा मात्रै राष्ट्र सम्बृद हुने बताए । एनआरएन उपाध्यक्ष जुनु गुरुङ र लक्ष्मी गुरुङ, एनसीसीका बरिष्ठ उपाध्यक्ष अन्जु केसी, बौद परिवारका अध्यक्ष इश्वर गुरुङ, किंरात राई यायोख्खा अध्यक्ष दिनेश राई, ओमेन फर ओमेनकी अध्यक्ष मल्लिका थकाली लगाएतले सुभकामना मन्तब्य राखेका थिए ।

 

सोहि अबशरमा तमु धीँका वरिष्ठ उपाध्यक्ष प्रितम गुरुङको संयोजकत्वमा आफ्नो कार्यकाल पुरा गरी नेपाल फेर्किन लागेका श्रम सहचारी अनिल गुरुङ लाई सम्मान तथा बिदाई कार्यक्रम संचालन गरिएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा तमु धी कोरियाका अध्यक्ष प्रदिप गुरुङले सम्पूर्णलाई सुभकामना दिदै धन्यवाद ज्ञापन गरे ।

 

तमु धी द.कोरियाले आयोजना गरेको उक्त तमु ल्होछार कार्यक्रम २०७२ सौलको याक्सु स्टेसन नजिकै रहेको सुर्यग्वान् हलमा सम्पन्न भएको हो उक्त कार्यक्रममा गुरुङ समुदाय र अन्य नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो  जातीय पोशाकमा सजिएका गुरुङ समुदायले परम्पगत नृत्य, छ्याटु नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकार हरुले पनि बिभिन्न नृत्य प्रस्तुत गरेका थिए साथै ल्होछारको विभिन्न परिकारको पनि व्यवस्था गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...