कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु
सोल-रोजगारी गर्न दक्षिण कोरियाएका एक नेपालीको मृत्यु भएको छ | ईपीएसबाट गत जुन ८ तारिख यहाँ आएकाका ठाकुरप्रसाद याम्फु राईको आइतबार राती सुतेकै अवस्थामा मृत्यु भएको हो |
३४ बर्षीय ठाकुर संखुवासभा मानेभन्ज्याङका हुन् | छाल्लाबोक्दोमा रहेको बंगुर फर्ममा काम गरिरहेका उनि आइतबार सकुसल रहेको संगै काम गर्ने किशोर राईले जानकारी दिए | राईका अनुसार ठाकुर आइतबार बिदामा बसेका थिए |
बेलुका संगै खान खाएर सुतेका ठाकुर राती १. ३० तिर घुरेको आवाज आएपछि संगै सुतेका साथीहरुले उठाएका थिए | उनको अवस्था गम्भीर देखेपछि एम्बुलेन्स बोलाइएको भए पनि एम्बुलेन्स पुग्दा नपुग्दै उनको मृत्यु भएको थियो |
घटनाबारे ठाकुरको परिवारलाई जानकारी गराई सकिएको छ | उनको २ छोरा श्रीमती रहेका छन् |
सो फर्ममा ९ नेपाली कामदार कार्यरत छन |