रुपन्देही सम्पर्क समिति कोरियाद्वारा श्रम सहचारीलाई बिदाई
सोल/कोरिया- रुपन्देही सम्पर्क समिति कोरियाले नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुंग लाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सौल स्थित सुयू हेप्पी कुक रेस्टुरेन्टमा भएको उक्त कार्यकम गत सनिबार सम्पन्न भएको हो ।
समितीका अधक्षय हरी गौतम् को सभापति भएको उक्त कार्यक्रममा अतिथिहरुमा एनआरएन अध्यक्ष राजू छेत्री, एनसिसिका अध्यक्ष प्रेम शाह, उपाध्यक्ष अञ्जु केसी, ओएनएफ उपाध्यक्ष दुर्गा न्यौपाने, जनसंपर्क समितिका भजिन्द्र छेत्री, तमुधिका बरिष्ठ उपाध्यक्ष प्रीतम गुरुंग, दीपक गिरी र बसन्त श्रेठ लगाएतले दोसल्ला ओढाई खादा लगाई सम्मान तथा बिदाई गरेका थिए ।
सो कार्यक्रम समितिका बरिष्ठ उपाध्यक्ष रामु कार्कीले स्वागतम मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन सचिब राजेन्द्र बस्यालले गरेका थिए ।