चलचित्र वडा न ६ फेब्रुअरी १४ जापानको मेगुरो कुमिन हलमा प्रर्दशन हुदै
शान्त पहरी
टोक्यो/जापान अनाथ बालबालिकाको अध्ययनको सहयोगार्थ यहि फेब्रुअरी १४ मा मेगुरो कुमिन सेन्टरमा मेगुरो स्टेशन नेर नेपालको सर्बाधिक सफल चलचित्र वडा न ६ फिल्म प्रर्दशन हुने भएको छ ।
जेएमइको मुख्य सपोर्टमा ,एनआरएन जापानका सदस्य हरि चन्द्र लामा को कोडिनेशनमा एनआरएन जापान ,निको जापानीज ल्यान्गोज स्कुल को सपोर्टमा प्रदर्शन हुन लागेको उक्त फिल्म प्रदर्शनबाट आएको आम्दानी ले अनाथ बालबालिका शिक्षामा सहयोग र एनआरएन जापानका सुरुआत गरेको परोपकारी राहतकोष बढाउने अभियानको लागि पनि यसबाट हुने आम्दानी को १० प्रतिशत हिस्सा सहयोग गर्ने लामाले जानकारी दिए ।
साथै उनले हामी नेपालीविचको भाइचारा एकतालाइ प्रघाढ राख्नको लागि पनि सहयोग पुग्ने बताए । सो चलचित्र हेर्न जानको लागि अनाथ र आपतकालिन कोषको सहयोगको लागि २५ सय येन तोकिएको लामाले जानकारी दिए ।
सो फिल्म गत असोज १ गते शुक्रवारदेखि नेपालमा प्रदर्शन भएको थियो चलचित्र हेर्न सिनेमा हल पुग्ने १६ वर्षभन्दा कम उमेरका दर्शकले अब अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउने जनाएको थियो । यस चलचित्र दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् ।