झापा मिलन समाजले फेबु्रअरी ८ मा बार्षिक भेला गर्दैं
अनिल नेपाल, सोल-दक्षिण कोरियामा रहेका झापालीहरुको सामाजिक संस्था झापा मिलन समाजले सलनालको अवसर पारेर बार्षिक भेलाको आयोजना गर्ने भएको छ । आगामी फेबु्रअरी ८ तारिखका दिन बार्षिक भेला तथा विविभ कार्यक्रम गर्न लागेको हो ।
सो दिन १ बर्षका अवधिमाझापा मिलन समाजले गरेका सामाजिक क्रियाकलाप तथा बिभिन्न कार्यहरूको समिक्षा र आगामि दिनमा कसरी अगाडि बड्न सकिन्छ भन्ने रणनीतिका तय गर्नेछ । तुंगदेमुनमा हुने समाजको भेलाले ८तारिख बिहान तुगंदेमुन वरिपरि सरसफाई पनि गर्ने भएको छ ।
उक्त कार्यक्रममा दक्षिण कोरियामा आएका झापालीहरूलाई डिजिटल सदस्यता कार्ड पनि बाडिने भएकोले कोरियामा रहेका सम्पुर्ण झापालीहरुलाई उपस्थित भई दिन समाजले आग्रह गरेको छ।
सम्पर्क
शुसिल मैनालि -०१०७९९९१९२
युबराज दाहाल-०१०६४६३८६५५
राजु सन्तोषी थापा -०१०६२४५२४६९
अनिल नेपाल- ०१०३१४७३५०९