चिसोमा कठांग्रियो कोरिया
सोल-दक्षिण कोरियामा आईतबार यो बर्षको सब भन्दा चिसो मौंसम रेकर्ड भएको छ । कोरियाको राजधानी सोलको तापक्रम माईनस १८ डिग्री सेल्सियससम्म झरेको थियो ।
कोरियाको मौंसम विभागले जनाए अनुसार सन २००१ मा कोरियाको तापक्रम १८.६ डिग्री तलसम्म झरेको थियो । शनिबार कोरियामा जाडोको चेतावनी दिइएको थियो ।२ वा सो भन्दा बढी दिन बिहान माइनस १५ डिग्री भन्दा तल तापक्रम झरेमा पहिले नैं चिसोबाट बच्न पहिले नैं सुचना गरिन्छ । सोलस्थित योंगसान स्टेसनबाट बिहान चिसोको कारण ढोका नखुलेकोले ९ मिनेट ढिला टे्रन चलेको थियो ।
त्यसैंगरी जेजु आईल्याण्डमा सयौं यात्रु भारी हिमपात र चिसोको कारण यातायात बन्दको कारण बिचल्लीमा परेका छन् ।जेजुको बिमानस्थल सोमबार ९ बजेसम्मको लागि बन्द गरिएको छ ।५सय १० फलाईट रद्द भएका छन् ।
उता उत्तर कोरियामा पनि चिसोका प्रभाव परेको दक्षिण कोरियन मौंसम विभागले जनाएको छ । उत्तर कोरियामा माईनस १५ डिग्रीदेखि १९ डिग्रीसम्म झरेको छ ।