बुसान-किम्हेमा स्याङ्गजालीको तदर्थ समिति
सोल-स्याङ्गजा परिवार दक्षिण कोरियाले बुसान किम्हेमा शाखा विस्तारका लागि तदर्थ समिति गठन गरेको छ ।
आइतबार परिवारको बुसानमा भएको भेलाले प्रशन्न पौडेल संयोजक रहेको सात सदस्यीय शाखा विस्तार आयोजक समिति गठन गरेको हो । आयोजक समितिका अन्य पदाधिकारीमा सह- संयोजकमा राजेन्द्र लामिछाने छन भने सदस्यहरुमा छबिन राना , दिनेश पौडेल , मिनप्रसाद पौडेल ,मानबहादुर क्षेत्री र अमित क्षेत्री रहेका छन ।
उक्त समितिलाई बुसान ,खजेदो,याङ्सान र किम्हेमा रहेका स्याङ्गजालीहरुलाई एकत्रित गरि नयाँ समिति गठन गर्न जिम्मेवारी दिईएको छ । मनोनित आयोजक कमिटिलाई यथासक्य छिटो उक्त क्षेत्रमा स्याङ्गजालीहरुको भेला गरि नयाँ कार्यसमिति गठन गर्न जिम्मेवारी दिईएको स्याङ्जा परिवारका अध्यक्ष धर्म गुरुङले जानकारी दिए ।
स्याङ्गजा परिवारले ति क्षेत्रमा छरिएर रहेका स्याङ्गजालीहरु सबैलाई सस्थामा आवद्ध हुन आग्रह गरेको छ । परोपकारी कार्यमा सक्रिय स्याङ्गजा परिवारमा आवद्धता जनाएर जिल्लावासीको देन निर्वाहका लागि परिवारका सचिब कुमार थापा स्याङ्जालीहरुलाई आग्रह गरे ।
व्यवस्थित आवासगृह ‘हाम्रो स्याङ्जा घर’ संचालनका लागि स्याङ्जा परिवारले हिमानी गुरुङ संयोजक रहेको एक समिति गठन गरि आफ्ना गतिबिधि तिब्र पारेको छ ।