उत्तरकोरिया लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारीमा
सोल-उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारी गरीरहेको समाचार बाहिर आएको छ । एक स्रोतको दाबी अनुसार उत्तरकोरियाले उत्तर पश्चिमी क्षेत्रमा परिक्षण क्षेत्रमा आफनो गतिविधि बढाएको छ ।जापानको क्योदो समाचारले प्योंगयांगले एक हप्ताभित्र मिसाईल परिक्षणको तयारी गरीरहेको उल्लेख गरेको छ ।
गुप्तचर विभाग भन्छ उत्तर कोरियाले जुनसुकैं बेला विना सुचना मिसाईल परिक्षण गर्न सक्ने बताएको छ । दक्षिण कोरियाका रक्षा मन्त्रीका प्रवत्ता किम मिन सिक भन्छन्, ‘उत्तर कोरियाले लामो दुरीको मिसाईल परिक्षण गर्नु अघि गत बर्ष फायर गर्ने गर्दथ्यो ‘तर यसपाली भने जनवरी ६ तारिखको आणविक परिक्षणमा त्यसो नगरेको बताए ।
१३ सय किलोमिटर दुरीसम्म अर्थात अमेरिकासम्म सहजैं मार हान्न सक्ने क्षमताको मिसाइल तयार गरीरहेको गुप्तचारी अधिकारीहरुको दाबी छ ।यद्दपि ती प्रवताले लामो दुरीको मिसाईल विश्वमा नैं असर गर्ने भएकोले सूचना जारी गर्नु अत्यावश्यक भएको बताए ।उता दक्षिण कोरियाले उत्तर कोरियाको संभाव्य मिसाईल परिक्षणको विरुद्ध सैंन्य तैंनाथ रहेको जनाएको छ ।
उत्तर कोरियाले हाईड्रोजन बम परिक्षण गरेसंगैं दुई कोरियाबीच तनाव बढेको छ ।