सेवक नेपालले अन्तरकृया कार्यक्रम गर्ने
सोल/कोरिया-प्रवाशी भुमी दक्षिण कोरियाबाट सुरु भई हाल अमेरिका, अष्ट्रेलिया, ईजरायल, मलेसिया सम्म आफ्नो सन्जाल बिस्तार गर्न सफल तत्कालीन (अनाथ बालबालिका संरक्षण कोष)सेवक नेपाल ले आफ्ना अभियान्ता तथा शुभ चिन्तकको बिचमा कोरियाको बिशेश चाड सलनालको अवशर पारि सउलमा अन्तर्कृया तथा छलफल गर्ने भएको छ।
नेपाली समाजका अनाथ र अशहाय बालबालिकाको खोजी र दिगो संरक्षणमा २०१३ देखि कोरिया बाट सुरु भएको अभियानले हाल सस्थागत रुप लिई सकेको छ। नेपाल सरकारमा सेवक नेपालको नाममा दर्ता गरि बालुवाटार काठमाडौमा प्रधान कार्यलय समेत स्थापना गरि सकेको सन्दर्भमा हुन लागेको अन्तर्कृयाले आगामी दिनमा सेल्टर संचालन, सेल्टरको लागि स्थान छनोट तथा अभियान लाई अझै ब्यबस्थित तथा बृहत् कसरी बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर योजना तर्जुमा गर्ने अभियान संयोजक बुद्ध गौतमले जानकारी गराए ।
आफ्ना अभियान्ता, शुभचिन्तक र सल्लाहकारका बिचमा हुने छलफलले सस्थालाई आगामी दिनमा नयाँ गतिमा लैजाने बिश्वास गरिएको अभियान्ता शिभ प्रसाद भट्टले बताए। १० जना भन्दा बढी बालबालिका लाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको यस अभियान बिशुद्द मनोकारी अभियान्ता नेपाली हरुको रगत पसिनाको कमाईबाट संचालित र संरक्षित रहेकोले सम्पुर्ण कोरिया बासी आफ्ना अभियान्ता र शुभ चिन्तकहरुलाई उक्त दिन,स्थान र तोकिएको समयमा उपस्थिति जनाइ समाजका अनाथ र अशक्त बालबालिकाको खोजी र दिगो संरक्षणमा अझै योगदान गर्न संयोजक गौतमलेअपिल गरेका छन् ।
मिति:-२०१६/०२/०८अर्थात february 8 (सल्नालको दोश्रो दिन)
स्थान : नमस्ते रेस्टुरेन्ट (१ नम्बर लाईनको तोङ्देमुन स्टेसन बाट एक स्टेसन अगाडि 돔묘앞 (थोम्योआफ्) स्टेसनको ५ नम्बर गेट बाट बाहिर उत्त्रेर सिधा २ मिनेट अगाडि)
समय :- बेलुकिको ठिक ७:००
सम्पर्क :-
श्री सिभ प्रसाद भट 010-303-72344
श्री उपेन्द्र अर्याल 010-289-10155