कोरियामा एक नेपाली महिलाको निधन
सोल-कोरियन पुरुषसंग बिबाह गरेर कोरिया आएकी एक नेपाली महिलाको मृत्यु भएको छ | दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको बोनम्यारो अभाव भएपछि सुवनको आजु अस्पतालमा उपचार भैरहेका बेला आज बिहान निधन भएको हो |
केहि बर्षदेखि बोन म्यारो अभाव भएपछि नेपालबाट उनका भाइ र बहिनिलाई कोरिया आमन्त्रण गरिएको थियो | उनि केहि दिनदेखि बेहोस थिइन् | आज बिहान ५ बजे चिकित्सकले फोन गरेर डोल्माको मृत्यु भएको जानकारी दिएको डोल्माकि एक साथीले बताइन |
डोल्मा बिबाहित भए पनि श्रीमान अर्कै महिलासंग बस्दै आएको बताइन्छ | उनका एक छोरा एक छोरी छन् |