बाग्लुंग सम्पर्क समिति कोरियाले सलनालमा बिशेष भेटघाट कार्यक्रम गर्ने
सोल – बाग्लुंग सम्पर्क समिति कोरियाले यहि सलनालको अवसर पारेर फेब्रुअरी ७ तारिख साझ बिशेष जमघट गर्ने भएको छ|विभिन्न काम व्यवसाय र अध्ययन गर्न दक्षिण कोरिया आएका बाग्लुंगे बीच बिशेष भेटघाट तथा रमाइलो सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको जानकारी समितिका अध्यक्ष यम श्रीस ले जानकारी दिएका छन् |
उक्त अबसरमा कोरिया मा भलिबल खेल मार्फत जिल्ला लाई चिनाउन सफल भलिबल खेलाडी हरुलाई सम्मान ,नव आगन्तुक साथी हरुलाई स्वागत, कार्य अबधि सकेर नेपाल जादै गरेका भलिबल खेलाडी तथा समिति का सक्रिय सदस्य बिरु कार्की कोरिया का लागि नेपाली श्रमसहचारी अनिल गुरुङलाई बिदाई तथा सम्मान पनि गरिने सचिब सज्जन कुमार सिंह ले जानकारी दिए |
तुङदेमुन स्थित दर्सन नमस्ते रेस्टुरेन्टमा बेलुकी ९ बजे देखि सुरु हुने कार्यक्रम मा रेसम फिरिरी सांगीतिक समूह र अन्य कलाकार हरुको बिसेष प्रस्तुति पनि रहने छ| संस्था ले बिगत मा गरेको काम को समिक्षा मुल्यांकन, आउदो चुसक मा गर्न लागिएको साँस्कृतिक कार्यक्रम र भलिबल प्रितियोगिता आयोजना सम्बन्धि लगायतका बिषयमा छलफल गरिने बताइएकोछ | उक्त दिन कोरियामा कार्यरत सम्पूर्ण बाग्लुंगबासीहरुलाई अनिवार्य उपस्थित हुन संस्थाले अनुरोध गरेको छ|
स्थान: दर्शन नमस्ते रेस्टुरेन्ट
मिति :२०१६ फेब्रुअरी ७ तारिख
समय :बेलुकी ९ बजे देखि
थप जानकारीको लागि :-
यम श्रीस मगर – ०१०-२५०-१२७३०
सज्जन कुमार सिंह – ०१०-५९६-९०७४६
भगवान छन्त्याल – ०१०-८६७-३५८८५