कोरियाको नयाँ वर्ष सलनालको अवसरमा सोलुखुम्बु जिल्लाबासीहरुको बृहत भेटघाट तथा साधारण सभा गरिने भएको छ । सोलुखुम्बु सम्पर्क समितिद्धारा दक्षिण कोरियामा रोजगार लगायत विभिनन उद्धेश्यले आएका सोलुबासीहरुलाई उक्त भेला तथा साधारण सभा कार्यक्रममा उपस्थित हुन समितिका अध्यक्ष प्रकाश राईले आग्रह गरेका छन् ।
कोरियनको महान चाड सलनालको पहिलो दिन आइतबार सुवनस्थित एभरेष्ट रेष्टुरेन्टमा हुन लागेको कार्यक्रममा नेपाली खानाका स्वादिस्ट परिकारका साथै रमाइलो सांगीतिक प्रस्तुति समेत गरिने समितिका सल्लाहकार दावा तामाङले जनाएका छन् । बिहान ८ बजे सुरु हुने कार्यक्रममा सम्पूर्ण सोलुबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई समयमै उपस्थित भइदिन पनि समितिले अनुरोध गरेको छ ।