जनजाति महासंघ द. कोरिया द्वारा सुभकामना ब्यक्त
सोल / कोरिया – नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले तामाङ् समुदायको महान चाड सोनाम ल्होछार २८५२ टे ल्हो को अबशरमा देश तथा बिदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदाय लाई सुभकामना व्यक्त गरेको छ । साथै कोरियाको नयाँ बर्ष सलनालको अबशरमा सम्पूर्ण कोरिया बासी नेपाली समुदायलाई पनि जनजाती महासंघले हार्दिक मंगलमय सुभकामना पनि व्यक्त गरेको छ ।
महासंघ द. कोरियाले नेपाल तामाङ् संघ द. कोरियाले आयोजना गरेको बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सफलताको कामना पनि गरेको छ । “देश विदेश जहाँ भए पनि आफ्नो धर्म कला संस्कृति भनेको पहिचान हो । हामी जहाँ भए पनि यसको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो दाईत्व हो ” जनजाती महासंघ द. कोरियाका कार्यबाहक अध्यक्ष पबन राईले सुभकामना सन्देशमा बताए ।
साथै सलनाल को अबशरमा हुन् गइरहेको बिभिन्न सांस्कृतिक कार्यक्रमको जनजाती महासंघ द. कोरियाले सफलताको कामना गरेको छ ।