Onf कोरियाको भेटघाट तथा श्रम सहचारी अनिल गुरुङलाई बिदाइ कार्यक्रम सम्पन्न
अन्जन राई
सोल – onf दक्षिण कोरियाले हिजो सलनालको अवसरमा भेटघाट तथा श्रम सहचारी अनिल गुरुङको बिदाइ कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ।
सोलको इदे स्थित आगन रेस्टुरेन्टमा onf प्रती आस्थावानहरुको बृहत उपस्थित रहेकोकार्यक्रमको अध्यक्षता onf कोरियाका अध्यक्ष क शालिक ग्राम बसेलले गर्नु भएको थियो भने नेपाली दूतावासका श्रम सहचारी श्री अनिल गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो | साथै onf पुर्ब अध्यक्ष क. गोबिन्द गाउले onf सल्लाहकार क . चेत बहादुर बस्नेत लगायत अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो | कार्यक्रममा onf कोरिया का उपाध्यक्ष क. महेश्वर भण्डारि ले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो।
सोहिकार्यक्रममा onf कोरिया का सल्लाहकार क . चेत बस्नेतले onf प्रती आस्थावान कमेरेडहरुलाइ ब्यक्तिगत लाभ र पदको लागि भन्दा सदैब onf को हितमा लागेर काम गर्नु सक्नु पर्ने कुरा राख्नु भएको थियो |
त्यस्तै निबर्तमान अध्यक्ष क गोबिन्द गाउलेले onf कोरियाको इतिहास ,बर्तमानको समिक्षा गर्दै भविष्यमा onf कोरियालाई अझै सफलतामा कसरी लान सकिन्छ भन्ने कुरा, दूतावासमा श्रम सहचारी नहुदा नेपाली मजदुरहरुले भोग्नु परेको कष्ट स्मरण गर्दै श्रम सहचारी दूतावासमा हुनुपर्छ भन्ने कुरा onf कोरियाले शसक्त उठाएको र उहाँ आउनु भएपछि नेपाली मझदुरलाई यहाको बिबिध विषयमा सजिलो भएको बताउनु भएको थियो |
कार्यक्रमको बिचमा onf कोरियाको तर्फबाट श्रम दूतावास श्रम सहचारी अनिल गुरुङलाई आफ्नो कार्यकाल सफलता साथ पूरा गरेको मा मायाको चिनो दिदै सम्मान तथा बिदाइ गरिएको थियो | सम्मन ग्रहण पछि कार्यक्रममा प्रमुख अतिथिको पनि भुमिका पनि निर्बाह गरिराख्नु भएका श्री अनिल गुरुङ ज्युले आफ्नो ५ बर्षे कार्यकालमा प्राप्त गर्नु भएको सफलत को रहस्य खोतल्नुका साथै काम गर्दाको अनुभव सबैमा बाड्नु भएको थियो | र आफू भन्दा पछाडिको साथीहरू आफू जस्तै हुने र अब नेपाली मझदुर लाई झन सजिलो हुने आशा ब्यक्त गर्नु भएको थियो |
onf महासचिव क. शिबलाल पन्थीले कार्यक्रम संचालन गर्नु भएको थियो |