दोलखाली भेला तथा चिट्ठा कार्यक्रम सम्पन्न
सोल – दोलखाली समाज द.कोरियाद्वारा आयोजित भाग्यशाली उपहार योजना भब्य रूपमा सम्पन्न भएको छ।दोलखाली समाजका अध्यक्ष श्री दिपेन्द्र अधिकारीको सभापतित्वमा गरिएको कार्यक्रम अपांग तथा भुकम्प पीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यका साथ आयोजना गरिएको थियो |
उक्त कार्यक्रममा जनअधिकार मञ्चका अध्यक्ष श्री गणेश कालीकोटे,प्रवाशी मञ्च द.कोरियाका अध्यक्ष सालिक बस्याल,जनसम्पर्क समिति द.कोरियाका महामन्त्री जितेन्द्र महत्ता साथै अन्य अतिथिहरु सुरेन्द्र आचार्य,लालकाजी बस्नेत,शेर साङ्बो शेर्पा लगायत अन्य दोलखालीको उत्साहजनक उपस्थिति रहेको थियो।उक्त भाग्यशाली चिट्ठा कार्यक्रम पारदर्शी तरिकाले टि टि बल मार्फत खोलिएको थियो।
जसमा: निर्णायक मन्डलमा क्रमशः अमृत दाहाल,गोपाल अधिकारी र सुरेन्द्र आचार्य रहनुभएको थियो। प्रथम पुरस्कार:१.५ तोला सुन चिट्ठा नम्बर 831का छिङ्गु सिङले प्राप्त गर्नुभएको छ।दोस्रो पुरस्कार ल्यापटप चिट्ठा नम्बर 399का पेम डोमा शेर्पाले हात पार्नु भएको छ।तृतीय पुरस्कार सामसुङ ग्यालेक्सी नोट फो चिट्ठा नम्बर 601का दिलिप धितालले प्राप्त गर्नु भएको छ।त्यस्तै सान्त्वना पुरस्कार 50000 हजार वनका दरले प्राप्त गर्नुहुने सात जनाको नाम र टिकट नम्बर क्रमशः 107 का बसन्त तामाङ्ग,540 का मीन गुरुङ,706 का देव आले,780 का जगदीश अवस्थी,941 का सहदेब योगी,855 का जीवन राई र 147 का सुबाश भुजेलले हात पार्न सफल हुनुभएको थियो।पुरस्कार बिजेता सम्पुर्णलाई चिट्ठा खोलिएको मितिबाट १५ दिनभित्र चिट्ठाको अर्धकट्टिको साथमा आफुले प्राप्त गर्नुभएको पुरस्कार दाबी गर्नुहुन दोलखाली समाज द.कोरिया हार्दिक अनुरोध गर्दछ।
उक्त कार्यक्रममा दोलखाली समाजमा हालसम्म भएको कार्यक्रम तथा आर्थिक विवरण प्रस्तुत गरि भाबी योजनाको बारेमा समेत छलफल गरिएको थियो।साथै उक्त कार्यक्रम मार्फत आपतकालीन राहतकोष समेत स्थापन भएको जानकारी गरिएको छ।उक्त भाग्यशाली चिट्ठा कार्यक्रममा चिट्ठा लिएर तथा कार्यक्रममा सहभागी भएर सहयोग