म्याग्देली भेटघाट कार्यक्रम सम्पन्न


सौल –
दक्षिण कोरियाको इतिहासमा निकै पुरानो र विभिन्न रचनात्मक कार्यक्रमले लोकप्रिय  संस्था म्याग्दी समाज समितिले बार्षिक रूपमा गर्दै आएको म्याग्देली भेटघाट कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गरेको छ। दक्षिण कोरियाको विभिन्न स्थान र कम्पनिमा कार्यरत तथा ब्यापार ,ब्यवसाय ,अध्ययनमा संम्लग्न म्याग्देलिहरु बिच एकता सहकार्य र भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउन यो कार्यक्रम सफल भएको जनाइएको थियो ।
उक्त  कार्यक्रम सउल स्थित एक रेस्टुरेन्टमा सहसचिव कृष्ण खड्काको संचालन उपाध्यक्ष अनन्त गिरि को स्वागत मन्तव्य तथा कार्यबाहक अध्यक्ष लोक बानियाँको अध्यक्षतामा सम्पन्न गरिएको थियो।सो कार्यक्रममा केही समय अगाडी सम्पन्न भएको म्याग्देली म्युजिकलसो को आय ब्यय सार्बजनिक गरिएको थियो।यहि बिषयमा बर्तमान समयमा समाजलाई नजिक बाट नियाल्दै आउनुभएका हाल विद्यार्थी पेशामा संम्लग्न सुनेश केसिले समाजको कार्यशैली तथा पारदर्शिता को बिषयमा अत्यन्तै महत्वपूर्ण रुपमा प्रश्न राखेर समाजको ध्यानाकर्षण गराउनु भएको थियो।त्यसै गरि पोखरामा रहस्यमय ढंगले हत्यामा परेकी म्याग्देली चेली नेहा पुनलाई भावपुर्ण (योरुना) श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।कार्यक्रममा उपस्तिथित म्याग्देलिहरुले समाज प्रती चासो सरोकार राख्दै प्रश्न गरेका थिए भने अतिथिहरुले नजिकिदै गरेको साधारण सभालाई भब्य र सब्य रुपम सम्पन्न गर्न सबै म्याग्देलीहरुले जिम्मेवारी बहन गर्दै अगाडि बड्न सुझाव दिएका थिए ।भेटघाट खानपान र नाचगानको रमझममा रम्दै आगामी दिनमा यस संस्थालाई उत्कृस्ट रुपमा  सफल बनाउने प्रतिबद्धता सम्पूर्ण उपस्थित म्याग्देलिहरुले व्यक्त गरेका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...