भ्रष्टाचारको अभियोगमा उत्तर कोरियाली सेना प्रमुखलाई मृत्युदण्ड
सोल – उत्तर कोरियाका सेना प्रमुख जनरल रि योङ गिललाई भष्ट्रचार गरेको अभियोग मृत्युदण्डको सजाय हुने भएको छ।
दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी योन्हापले दिएको समाचारमा गिललाई भ्रष्टाचार र निजी नाफा कमाउनका लागि काम गरेको अभियोगमा दोषी ठहर गरिएको हो। यो खबरको उत्तर कोरियाली सञ्चारमाध्यमले पुष्टि गरेका छैनन्।
जनरल गिललाई उत्तर कोरिया राष्ट्रपति किम जोङ उनले कोरियन पिपल्स आर्मीको प्रमुख नियुक्त गरेका थिए