संखुवासभा सम्पर्क परिवारको भेटघाट तथा श्रम सहचारी अनिल गुरुङको बिदाई कार्यक्रम सम्पन्न
सोल – गत फेब्रवरी ८ तारिक सोल स्थित नेपालहाउसमा संखुवासभा सम्पर्क परिबारले आयोजना गरेको संखुवा सभाबासीहरुको भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरेकोछ।
श्रमसहचारी श्री अनिल गुरुङ ज्यु प्रमुख अथिती रहनुभएको ऊक्त कार्यक्रम संस्थाका अध्यक्ष गणेश घिमिरे ज्युको सभापतित्वमा उपाध्यक्ष भुपालमान बस्नेतले स्वागत मन्तब्य दिनुभएको थियो।सचिब रेख बहादुर गुरुङले कार्यक्रमको संचालन गर्नुभएको थियो भने संस्थाको बार्षिक आय ब्यय कोषाध्यक्ष प्रकाश घिमिरे प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अथिती ज्युको हातबाट दिप प्रज्वलन गर्दै कोरियमा निधन भएका ठाकुर प्र.राईको संझनामा१ मिनेट मह्वनधारण गरेर कार्यक्रमको सुरु भएको सो कार्यक्रममा संस्थाका शल्हाकार तथा अनेसास कोरियाका अध्यक्ष मनोज डाँगी ,बरिष्ट गजलकार तथा अनेसासका कोरियाका उपाध्यक्ष सुर्य खत्री र गजलकार लभकुस घिमिरे ज्युले मिठा कबिता र गजल बाचन गरि सबैलाई मन्त्रमुत्त बनाउनुभएको थियो भने संस्थाका सदस्य गायक डिगेश गुरुुङ र सुमन गुरुङको मीठो स्वारमा गीत गाएर सबै जिल्लाबासीलाई भरपुर नचाएका थिए।
प्रमुख अतिथी गुरुङ ज्युलाई दोसल्ला र खादा ओडाएर सम्मान र बिधाई गरिएको सो कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै श्रम सहचारी श्री अनिल गुरुङ ज्युले आफू जहाँ जसरी रहे पनि आफु जन्मेको माटोलाई भुल्न सकिँदैन र त्यहि गाउँ ठाउँका हामी बिदेसमा पनि एक अर्काका दुःख पिडाहरुमा सहयोगी भावना हुनुपर्छ भन्दै संखुवा सभालीहरुको साझा संस्था संखुवा सभा सम्पर्क परिबारलाई धन्यबाद दिदै संस्थाले गरेका कामको श्रहणा गर्नभएकोथियो। त्यस्तै गरि शल्लाहाकार कमल थाप ,हरी केसी, निमेष पौड्येल ले पनि जिल्लाबासी अझै सकृय भएर समाजिक काममा लाग्नु पर्नेमा जोड दिनु भएको थियो।
अध्यक्ष गणेश घिमीरे ज्युले संस्थामा विशेष योगदान पुर्याउने शल्लाहाकार र सदस्य ज्युहरुलाई सम्मान पत्र प्रदान गर्दै हालै कोरियमा निधन भएका ठाकुर प्र.राईको परिबारमा पर्न गएको आपत र दुःखद क्षणमा संखुवा सभा सम्पर्क परिबारले स्वा. राईको बालबच्चालाई शिक्षाबाट बन्चित हुन नदिन सहयोग रकम संकलन गरेकोमा जिल्लाबासी लगायत सबै संघ संस्था र सहयोगी मनका धनी नेपाली दाजुभाई ,दिदीबहिनीहरुको उल्लेखनिय सहयोग पाएकोमा मुरी मुरी धन्यबाद टक्रयाउदै संकलित रकम ३४२२००० वन ( चौतिस लाख बाह्रीस हजार) वन स्व. राईको परिबारलाई चाडै हस्तानतरण प्रतिबध्ताको साथ उपस्थीत संखुवा सभाली दाजुभाई , चेलीहरुमा संस्था तर्फबाट धन्यबाद दिदै आगामी दिनमा पनि संस्थालाई सकृया बनाउन आह्वान गर्दै कोरियामा रहेका नेपाली हरुमा कोरियन नयाँ बर्षको शुभकामना दिएर कार्यक्रमको समापन गर्नुभएको थियो।