पुन समाज कोरियाको भेटघाट कार्यक्रम सम्पन्न |


सौल -कोरियन महान पर्व सलनालको पावन अवसर मा पुन समाज दक्षिण कोरिया द्वारा आयोजना गरिएको भेट्घाट तथा रमझम कार्यक्रम सोल तोङ्देमुन स्थित डि आर इन्टर्नेस्नल रेस्टुरेन्टको सभा कक्षमा भब्यताका साथ सम्पन्न भएको छ ।

पुन समाज दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र समाजका सचिब सुदिप गर्बुजा पुनको सन्चालनमा  सम्पन्न कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष याद गर्बुजा पुनले उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेका थिए भने समाजका कोषाध्यक्ष दिपक गर्बुजा पुनले समाजको आर्थिक बिबरण तथा सदस्यता पत्र बितरणको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै समाजका सह-सचिब रिम चोचाङ्गी पुनले पुन समाज दक्षिण कोरियाको बारेमा छोटो जानाकारी गराएका थिए । प्रमुख अतिथि एन आर एन दक्षिण कोरियाका महासचिब दिपक पुनले हामी रमाइलोको साथै अरु बौद्धिक कामहरु पनि गर्दै गयौ भने पूर्ण रुपमा स्थापित हुन सक्ने बिचार ब्यक्त गर्दै शुभकामना र सुझाब दिएका थिए । पुन समाजका खेलकूद संयोजक पुस्कल पुनले अब आयोजना हुन लागेको भलिबल प्रतियोगितामा आफ्नो नेतृत्व गर्दै सहभागी जनाउने मन्तब्य राखेका थिए । त्यस्तै नेपाल आदिबासि जनजाती महासंघका महासचिब तथा नया शक्ति निर्माण अभियानका संयोजक तथा कार्यक्रममा अतिथि बलराम पुनले पुन समाज गठन भई सकेपछि पार्दशी रुपका काम गर्नु पर्ने सल्लाह दिएका थिए । अर्का अतिथि थकाली सेवा समाजका अध्यक्ष भरत तुलाचनले कोरियामा पुन समाजको स्थापना भई अगाडी आई रहेको अबस्थामा संस्थालाई सकृय रुपमा अगाडी बढाउन थुप्रै चुनौतिहरुको सामना गर्नु पर्ने बिचार ब्यक्त गर्दै हाल सकृय रुपमा अगाडी बढि रहेको संस्था नेपाल मगर संघ गणतन्त्र कोरिया संगको सहकार्य सहित सुमधूर सम्बन्ध राख्नु उचित भएको बताए । समाजका सल्लाह्कार घन फगामी पुनले पनि कोरियामा भएका सबै पुनहरुलाई एकजूट बनाउदै लैजानु पर्ने सल्लाह दिएका थिए । नेपाल मगर संघका कोषाध्यक्ष मनु रोकाले आर्थिक पक्ष बलियो बनाउदै सबै संघ संस्थाहरु संग सहकार्य गर्दै जांदा राम्रो हुने सुझाब दिएका थिए ।

अन्तमा पुन समाज दक्षिण कोरियाका अध्यक्ष तथा कार्यक्रम का सभापती नर बहादुर पुन ले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई शुभकामना र धन्यबाद दिनुका साथै कार्यक्रम ढिलो सुरु गरिएकोमा क्षमायाचना गरेका थिए ।साथै कोष निर्माणको लागि सबैले सदस्यता पत्र लिन आग्रह गर्दै गत हप्ता पोखरामा भएको नेहा पुन को हत्यारा लाई कडा कार्बाही गरिनु पर्ने माग राख्दै भेट्घाट तथा रमझम कार्यक्रमको पहिलो चरण समापन भएको घोषणा गरेका थिए ।दोश्रो  चरणको कार्यक्रममा भएको खानपिन पश्चात मनोरन्जन कार्यक्रमको सन्चालन राज कुमार फगामी पुनले गरेका थिए भने कार्यक्रममा उपस्थित महानुभावहरुले बिहान तीन बजे सम्म भरपूर मनोरन्जन लिए ।

पुन समाज दक्षिण कोरिया चिनारी – बिगत केहि बर्ष देखि दक्षिण कोरियामा कार्यरत पुन समूदायका पुनहरुले पनि आफ्नो मौलिक पहिचानको आवश्यक्ता महसुस गर्दै सन २०१५ सेप्टम्बर २६ तारिखका दिन राजधानी सउलको तोङदेमुन स्थित नाकसान डाडांमा कोरियामा कार्यरत पुनहरुको बिशेष भेलाले म्याग्दी जिल्ला शिख गाबिस निवासी नर बहादुर पुन को अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको थियो । बिशेष गरि मगर जातीमा ६ उपथरका मगरहरु मध्य नेपालका बिभिन्न जिल्लाहरुमा वसोवास गर्ने पुन थरका मगरहरुको आफ्नै संस्कार,संस्कृति, भाषा र भेष भूषा रहि आएको छ । नेपालमा बिगत दशकौ देखि पुन समाज सकृय रुपमा कार्यरत छ । जसको माध्यमबाट आफनो पहिचान सहित संस्कार र संस्कृतिको जगेर्ना गर्दै आई रहेका छन । त्यसो त बेलायत लगायतका अन्य प्रवासी भूमिहरुमा समेत बिगत दश बर्ष देखि नै पुन समाजको स्थापना गरि समाज सेवाका विविध गतिबिधिहरु गर्दै आई रहेका छन । समाजका अध्यक्ष नर बहादुर पुनले समाज दक्षिण कोरियाको स्थापना पश्चात यस कोरियाली भूमिमा समेत समाजलाई सकृय रुपमा अगाडी बढाउंदै यहां रहेका सम्पूर्ण संघ संस्थाहरु संग आपसी सहयोग र हातेमालो गर्दै अगाडी बढ्ने लक्ष रहेको र कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई औपचारिक पत्र मार्फत जानाकारी गराउंदै रहेको जानाकारी दिनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...