Advertisement
SKIP THIS

एनआरएनए जापानले आयोजना गरेको महजात्रा २०१५ को आयब्यय सार्वजनिक


कार्यक्रमबाट ४३ येन लाख बचत

शान्त पहरी फोनिज/जापान-  गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानले ५ करोड राशीको परोपकारी कोष स्थापनार्थ आयोजना गरेको महजात्रा २०१५ कार्यक्रमबाट ४३ लाख बचत भएको जनाएको छ ।शनिवार एक कार्यक्रमको आयोजना गरि एनआरएनए जापानले महजात्राको आयव्यय सार्वजानिक गर्दै कुल ४३ लाख १४ हजार ९७८ येन रकम वचत भएको जनाएको हो ।

एनआरएनए जापानको टोकियो सिनोओकुवो कार्यालयमा आयोजित कार्यक्रममा कोषाध्यक्ष दीपक थापाले टोकियोमा भएको कार्यक्रममा कुल ७४ लाख ९३ हजार आम्दानी भएको जानकारी दिनुभयो । कुल आम्दानी मध्ये एक लाख पचास हजार येन कान्साई क्षेत्रीय कमिटिद्धारा आयोजना भएको महजात्रा कार्यक्रमबाट संकलन गरिएको हो । यस्तै खर्च तर्फ ३१ लख ७८ हजार २२ येन खर्च भएको तथा विभिन्न प्रायोजकबाट करिव ८ लाख ३० हजार रकम संकलन हुन बाँकी रहेको बताउनु भयो ।

यस्तै फुकुओकामा आयोजना गरिएको कार्यक्रमबाट भने आम्दानी गर्न नसकिएको बताउनु भयो। विदेशमा रहदाँ नेपाली समुदायमा पर्ने आपतकालिन अवस्थामा सहयोगार्थ कोष स्थापनार्थ आयोजना गरिएको कार्यक्रमको शुरुवात चरणमा लक्ष्य गरिएको रकमको १० प्रतिशत मात्र रकम संकलन भएपनि यसले उर्जा थपेको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले बताउनु भयो । आगामी वर्षभित्र पाँच करोड रकम लक्ष्य राखि शुरु गरिएको अभियानमा नयाँ कार्यक्रमहरु गर्दै जाने उहाँले बताउनु भयो ।

एनआरएनए जापानका महासचिव अनुज थापाद्धारा संचालित कार्यक्रममा एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, वीफर अल जापानका अध्यक्ष सरोजकुमार खत्री, कास्की पोखरा समाजका अध्यक्ष जेपी पण्डित, रुपन्देही समाज जापानका कार्यवाहक अध्यक्ष विनोद भुषाल, महासचिव काशीराम न्यौपाने, एनआरएनए जापानका सचिव बुद्धि घिमिरे लगायतको समारोहमा उपस्थिति रहेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...