कोरियामा श्रीस्वस्थानी भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुदै
सोल – कोरियामा पनि नेपालीको श्री स्वस्थानी ब्रतकथा समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा “धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना” भन्ने मूल भावना बोकी कोरियामा भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ |
हामी सबै नेपालीको आ- आफ्नो धर्म ,सस्कृति,रितिरिवाज,भेसभुषा भएतापनि प्रबाशमा सबै नेपाली बीच एकता,सद्भाव र धार्मिक सहिष्णुता प्रगाढ गर्ने उदेश्यले कार्यक्रम तय गरीएको आयोजक समितिले जनाएको छ l सो कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण सघ-सस्था ,ब्यबसायी,बुद्धिजीवी,पत्रकार लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै जानकारी मार्फत निमन्त्रणा स्वीकार गरी उपस्थितिको लागी हार्दिक अनुरोध गरीएको छ |
कार्यक्रम सम्बन्धित जानकारी यस प्रकार रहेको छ :-
हार्दिक निमन्त्रणा :-
यहि आउदो २०१६ फेब्रुवरी २१ तारिख आईतबारका दिन श्री स्वस्थानी ब्रत समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा “धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना” भन्ने मूल भावना बोकी सम्पूर्ण नेपालीको एकता ,सद्भावना बढाउने उदेश्यले [ लोक भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम ] आयोजना गरीएको हुदा सो कार्यक्रममा यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |
मिति – २०१६ -०२-२१ (आईतबार)
स्थान – फेन्थेक माइग्रेन्ट सेन्टर बाट नजिकै (अधिबेसन भएको हल)
(फेन्थेक ट्रेन स्टेसनबाट नजिक -५ मिनेट )
समय :- बिहान -११ बजे देखि
कार्यक्रमहरु :-
प्रथम चरण:- श्री स्वस्थानी तथा ल्होसार शुभकामना आदानप्रदान
दोस्रो चरण:- लोक-भजन-किर्तन तथा बिबिध रमाइलो साँस्कृतिक कार्यक्रम
आयोजक :-
फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति तथा
हिन्दु जागरण अभियान कोरिया l
नोट:- सम्पूर्ण महानुभावहरुलाई सामुहिक शुभकामना संदेश साथै लोक-भजन – बिबिध गीत,गायन,नाच तथा बाध्यबाजन बारेमा आवस्यक थप सम्पर्कको लागी :-
कृष्ण पुरी :- 010-59311934
श्यामकृष्ण रेग्मी-010-41658670)
अमृत बास्तोला-010-29468611,
किरण अधिकारी-010-33945611)