कोरियामा अब ब्यबसायिकताको बहस गरौँ


जितेन्द्र बानिया
‘बुढापाखा र बच्चा रहे देशमा युवा सबै मुग्लान पसे,

कति बेचिए अधुरो सपना, कति काठको बाकसमा फसे,

सन्ततिले नपरोस खसाल्न पसिनाका धारा

परदेशमा हाम्रा जसरी खसे |’

 

सर्बप्रथम त यो बिरानो मुलुकमा व्यस्तता र कठिन जिन्दगीको दिनचर्या बिभिन्न आरोह अबरोहका बीच दक्षिण कोरियामा आएर बिभिन्न संघ सस्थामा आबद्द भएर समाजसेवा र राजनीतिक जीवनलाई क्रियासिल बनाउने सम्पूर्ण संघसस्थाका प्रतिनिधि एबं दाजुभाई दिदीबहिनीहरुमा म हृदयदेखि नै धन्यवाद ब्यक्त गर्न चाहन्छु ।आज हामी र हाम्रो मुलुक राजनीतिक परिबर्तनको एउटा चरण पुरा गरि आर्थिक विकास तर्फ लम्कने दोबाटोमा उभिएको छ ।यस्तो अवस्थामा आफ्नो कडा मेहेनत र परीश्रमको माध्यमबाट अझ सजिलो अर्थमा भन्नु पर्दा, जापान र चाइनाको मेसिन अनि बिभिन्न देशबाट कच्चा पदार्थ आयात गरि केवल ज्याला खाएर अर्थात काम र ज्यालाले बिश्वलाई नै चकित पार्ने गरि आर्थिक विकासमा अगाडी बढेको मुलुकमा छौ। जति कडा परिश्रम दुःख भएता पनि यो हाम्रो लागि अवसर पनि हो। यहि कडा मेहेनत गर्दै गर्दा हामीले एउटा कुरा सोच्नै पर्छ जस्तो लाग्दछ। आज भन्दा ५० वर्ष अगाडी जर्मनमा लास पुछ्न गएका नर्सहरु अनि भियतनाममा भाडामा युध्द गर्न गएका सिपाहीहरुले बनाएको देश अनि साउदी र दुबईमा श्रम बेचेर आएकाहरुले खोलेको कम्पनीमा काम गर्दछौ भने अब हाम्रो दायीत्व के ?

 

आज कोरियामा सयभन्दा बढी राजनीतिक,जातीय ,क्षत्रीय बिभिन्न सघं सस्था छन् । प्रबासमा यसरि एकजुट हुनसक्नु र पाउनु हाम्रो लागि धेरै राम्रो पक्ष हो । म बिगत ७ वर्षदेखि कोरियामा रहदा बस्दा कोरियाको संघ सस्थाको कार्य शैली गतिबिधिलाई नजिकबाट नियालि रहेको छु । हुनत म कसैप्रति आरोप वा दोष देखाउन र दिन चाहन्न तर पनि प्राय जस्तो सघं सस्थाहरुको कार्य शैली उदेश्य, विचार र धारणा देख्दा सुन्दा हेर्दा दुःख लाग्छ । मेरो विचारमा दुःख बिमार पर्दा सहयोग गर्ने भैपरी आउने समस्याहरु एक आपसमा मिलेर समाधान गर्ने कुरा कुनै पनि सस्था र ब्यक्तिको कर्तब्य हो जस्तो लाग्छ ।

 

 

प्रत्येक आइतबार हामी कम्तिमा पनि १० वटाभन्दा बढी कार्यक्रम गर्छौ होला तर ति कार्यक्रम सबै उही नेपाली शैली स्वागत, बिधाई ,सहयोग हस्तान्तरण, कार्य समिति हेरफेर ,चुनाब यस्तै यस्तै कुरामा केन्द्रित हुन्छन ।कुनै पनि कुरा राजनीतिक क्षेत्र बाट टाढा राखेर हेर्न सकिन्न होला र ? कोरियामा रहने राजनीतिक संघ सस्था वा भातृ संगठनको भूमिका पनि महत्वपूर्ण जिम्मेवार रहला। आज हामी प्रबासमा रहेर पनि नेपाली शैली राजनीति र व्यवहारबाट गुज्रीरहेका छौं | संघ सस्थाको कार्य समितिका सदस्यहरु अझ भनौ बुद्दिजीबीदेखि सम्पूर्ण समाज सेवी राजनीतिक कर्मी हेर्दा कोरियामा बिभिन्न क्षेत्रमा केहि रुपमा सफल र अनुभबी मानिसहरु कोरियामा २-४ वर्ष बिताई सकेका साथीहरु नै देखिनु हुन्छ तर हामी कोरिया को फलाम पगाल्दा हाम्रा हात पाखुरा पग्लिए होलान । हाम्रो विचार उस्तै छ । हाम्रो अगाडी संसार फेरियो होला हाम्रो हेराइ उस्तै छ। हाम्रो ब्यक्तित्व फेरियो होला तर विचार उस्तै। हाम्रो लवाई खवाई फेरियो होला तर बेब्हार उस्तै ।त कांग्रेस त एमाले त फलानो त ढिस्कानो त बाहुन त मदेशे त पहाडे बर्षौ फलाम पगालेउ हिउ सोरेर तर विचार उस्तै।
हामी जब कुनै कार्यक्रम गर्दछौ। अथितिको आसनमा बस्छौ ।मन्तब्य दिन्छौ ।कता कता हामी प्रबासमा पसिना बगाई रहेको मान्छे हो भनि आफ्नै पिडा भुली दिन्छौ कि जस्तो आभास हुन्छ । हुनत म गलत पनि हुन सक्छु तर त्यही गुटबन्दी अनि नेपालमा मेरो पार्टीले यसो गर्यो मेरो जात वा हिमालले पहाड तराईले उस्तो गर्यो। यस्तै कुराको चर्चा परिचर्चा सुन्दा लाग्छ हामीले जन्मिएको माटो छाडेको पिडा, बुढा बाबु आमा परिवार सन्तान छोडेको पिडा चोट, जन्म दिने आमालाई अन्तिम दिनमा छट्पटिदा समेत पानी खुवाउन नपाएको पिडा ,जन्म दिने बाबाको अन्तिम बिदाई गर्न सागर सम्म पुग्न नसकेको बाध्यता ,नेपाल फर्किएर घरमा नगई सिधै पशुपतिमा गई कपाल काटी १२ दिनसम्म रोएर सुनसान घरमा रुदै पुग्दाको पिडा सारा पल भुसुक्कै भुलेको त हैन झैँ लाग्छ ।यदि सम्झेको भए आज हामी जति पनि राजनीतिक, जातीय, क्षेत्रीय संघ सस्थाको एउटै स्वर अनी एउटै आवाज हुन्थ्यो होला। हामीले जस्तो हाम्रा भावी पुस्ताले बिदेसिनु नपरोस् भनी। आफ्नो पार्टी ,दल ,गुट ,नेता नभनी एक स्वरमा भन्थ्यौ होला ।हामीलाई हाम्रो सिप अनुभव लगानी गर्ने ठाउँ देउ, बाताबरण देउ ।अनि हामी पनि कार्य समिति हेरफेर हुनु २ महिना अगाडी बाट बिभिन्न गुट बनाएर चुनाबको लबिङ्ग गर्ने थिएनौ होला। हामीले कोरिया मा देशका प्रधानमन्त्रि बनिसकेका ब्यक्तित्व देखि धेरै पटक देशको महत्वपूर्ण जिम्मेवारी सम्हालेका ब्यक्तित्वहरुलाई आमन्त्रण गरि कहिले गालीगर्यौं त कहीले प्रशंसा गरियो होला तर अबको बाटो यसरि हिड यो गलत भएको छ। फुटेर हैन जुटेर के पार्टी, के जाति, के क्षेत्र ,सिंगो नेपाल अनि नेपाली बनेर नेपाल को बिकासमा लाग भनेर अलिकति पनी सृजनशील बिबेकशिल, प्रतिबद्धता साथै एकताबद्ध राजनीति र योजना देखाउन सकिएन कि जस्तो लाग्दछ।
त्यसकारण म सम्पूर्ण संघ सस्था हरुलाई अनुरोध गर्न चाहन्छु कि अब हामी के पार्टी, के जाति , के क्षेत्र सबै एकजुट भएर साझा उदेस्य लिएर अगाडी बढौ । हाम्रा भावी पुस्तालाई बिदेशीनबाट रोकौ र कोरिया ५ वर्ष बसी फर्कने साथीहरुलाई आफ्नो समय सिबिटिको किताब हैन ,कम्पनी को स्थापना गरि ब्यबसायी बन्ने सोच कर्मदिशा, विदेश मा पसिना बगाउने निश्चित समय र अबधि मात्र हो भन्ने विचार हौसला साथ सहयोग गर्न सकेमा मात्र हाम्रा सस्था हरु रहेको अर्थ रहन्छ ।बिशेष त राजनीतिक उदेस्यले प्रेरित भै खुलेका सस्थाका प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेली दिनुपर्छ। कुनै पार्टीको नेताले के भन्छ भन्दा पनि प्रबासी मन ले के भन्छ ? बिदेसिनुको पिडाले के भन्छ? बुढी आमाको आशुले के भन्छ ? नर्सहरुले लास पुछेर पठाएको रेमिटान्सबाट बलेको कोरियाको बिजुली बत्तीले के भन्छ ? र मैले के गर्नुपर्छ भन्ने विचार को राजनीति गरे मात्र कोरियामा राजनीति गर्नुको अर्थ होला। त्यसकारण हामी एकजुट हुदै नेपाल बिकासको खाका कोर्न तिर लागौ ब्यबसायीक सोच र विचार भनेर छर्न लागौ।

 

यसका लागि एनआरएन,एनसीसी लगायत सम्पूर्ण राजनीतिक सस्थाहरुको नेतृत्व दायी भूमिका रहोस र कोरियाका सम्पूर्ण सस्थाहरुको प्रतिनिधिबाट एउटा परीषद गठन गरी नेपालमा पनि कोरियाबाट फर्केकाहरुको परीषद गठन गरी बृहत रुपमा अगाडी बढौ राजिनिती गर्ने साथीहरुको लागि यो एउटा अवसर पनि हो ।अहिले प्रत्येक युवालाई नेपालमा नै केहि गर्नुपर्छ भन्ने सोच पलाएको अवस्था छ । आज पार्टी दल नछुट्टाई बाटो देखाउनुस् , दिर्घकालिन उदेस्य लिनुस । आज कोरियामा रहेका 36 हजार नेपालीले मान्ने छन् र भोलि सारा नेपाल ले मान्ने छ । आजको आवस्यकता भनेको ब्यबसायीक बहस को हो, सोच अनि विचार को हो |

 

ओखलढुंगा

हाल कोरिया

अध्यक्ष

हिमालयन सेवा समाज

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...