म्युजिक भिडियो छायांकनमा अब्बल उमेश घिमिरे (भिडियोसहित)
सोल-दक्षिण कोरिया रोजगारीको राम्रो गन्तव्यमात्र होईन् केही गर्न र सिक्न चाहनेको लागि अवसर पनि हो ।समय अभावको बाबजुद पनि गर्न चाहनेहरुले दक्षिण कोरियामा आफनो रुचि अनुसारको काम र सीपलाई राम्रोसंग प्रयोगमा ल्याउन सक्छन् ती मध्येका एक व्यक्ति हुन् उमेश घिमिरे ।करिब ५ बर्ष कोरिया बसाइपछि नेपाल फर्केका घिमिरे पुन कोरिया आईसकेका छन् ।
कोरियामा रहदां नैं म्युजिक भिडियोहरु छायांकनमा अब्बल रहेका उनी सात महिना नेपाल बसाइको क्रममा करिब ३०वटा जति म्युजिक भिडियोको छायांकन गर्न भ्याए ।मोफसल भन्दा बाहिर बुटवलमा रहेर समेत यति धेरैं म्युजिक भिडियोमा काम गर्नु निक्कैं समय र मेहनत खर्चनुपर्छ ।
कोरियामा कामसंगैं भिडियो सुटिंगमा ब्यस्त रहने यी छायांकार कामलाई सबैं भन्दा बढी माया गर्छन् ।यिनको काम गर्ने शैंलीबाट जो कोही पनि लोभिन्छन्,छिट्टैं प्रभावित समेत हुन्छन् ।उनले कोरियामा चांडैं बाबु साईलाको शब्दमा रहेको चुलबुल बोलको म्युजिक भिडियो छायांकनको तयारीमा रहेको बताए ।
यिनैं महनेती छायांकार घिमिरेद्धारा छायांकन गरिएको राजेश पायल राईको आवाजमा रहेको गीत बैशाखमा लाइयो माया ढकमक भई जेष्ठमा फुल्यो हजुर,असारमा संकाको बादलु लाग्यो, साउनमा आँशु बनि झर्यो हजुर”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जसको शब्द संगीत चिरन बरालले गरेका हुन् ।सागर खनाल रकल्पना पाण्डे रसबिन बरालले अभिनय गरेको भिडियोको निर्देशन तथा सम्पादन बिष्णु भट्टराईले गरेकाछन ।
“नखिचेको फोटो” नामक एल्बम मा समाबेश उक्त गीतको भिडियो निर्माण अविरल फिल्म्सले गरेको हो ।गीतको छायांकन अर्घाखांचीको खन जाल्कांडा र बुटवल सेरो फेरोमा गरिएको छ भने सगुन शर्माले श्रींगार गरेको भिडियोको बजार व्यवस्थापन रमापिथेकश प्रोडक्सनले गरेको छ ।