हुचिल (कविता)
पेस्तोलहरुमा
जोडेर पखेटा
कम्प्यूटरको चुच्चो बोकेर
बमहरुको माला लगाएर
निक्कै माथी-माथी
बेग हानीरहेको छ, एउटा हुच्चील !
यो पृथ्वीजस्तै देखिने
अँध्यारो ढुंगामा
अब सुक्नेछ्न्-सुकुटी
लामा-लामा उज्यालो सुँड बोक्ने
आजीवन जीवन नभेटीरहेका
निर्दोष हात्तीहरुको;
लम्पसार समयको गोरेटोलाई
खप्लक्कै निलेर
अजिङ्गर जस्तै झोक्राईरहेको
बूढो यूगका
तन्नेरी बाघहरुको;
सुर्यको उज्यालो
सँधै छेकिरहने
अनकण्टार भिरजस्तो देखिने
डडेँलो लागेपनि
अवशेष रहेको यो बूढो रुखको
ठुटाहरुको ;
बाँकी सत्य यति हो-
सुकुटी खाएर मोटाएको
हुच्चिलहरुको अन्तिम सुकुटी
स्वाद लिएर जिब्रो पड्काउँदै
अन्वेषण गर्ने
नयाँ बैज्ञानिकको आविष्कार
सायद,
बिस्तारै जन्मिने अर्को पृथ्वीले गर्नेछ !!
(एल जि विवश ,सोल)