१४ हजार कोरियाली मजदूर अधिकार माग्दै सडकमा
सोल-कोरियाको राजधानी सोलमा जम्मा भएका हजारौँ कोरियाली नागरिकले व्यक्तिगत स्वतन्त्रता तथा श्रम अधिकारका लागि भन्दै शनिबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
कोरियाली राष्ट्रपति पार्क ग्युन हेको सरकारले नागरिकको स्वतन्त्रता र श्रम अधिकारका पक्षमा काम गर्न असफल भएको भन्दै करिब १४ हजार कोरियाली नागरिकले प्रदर्शनमा सहभागिता जनाएका सोल महानगरपालिका प्रहरीका एक अधिकारीले बताए ।
श्रम अधिकार कानुनको सुधारमा उनीहरुले राष्ट्रपति पार्क ग्युन हेले लिएको अभियानलाई प्रतिगामी बताउँदै राष्ट्रपतिको राजीनामा समेत माग गरेका थिए ।