राप्ती सम्पर्क मञ्च दक्षिण कोरियाले बृहत् छलफल गर्ने
सोल/कोरिया – राप्ती सम्पर्क मञ्च दक्षिण कोरियालको बृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।
नव-निर्वाचित कार्यसमितिले रोल्पा,रुकुम,दाङ,प्युठान,सल्यान समेटेर निर्माण गरिएकोले स्थापनाको छोटो समयमै सामाजिक काम, कर्तव्य,अधिकार र प्रवाशी भुमिमा संस्थालाई कसरी सक्रिय बनाउने भन्ने बिषयमा बृहत् छलफल तथा अन्तर्कृया गर्न लागिएको संस्थाका अध्यक्ष बिरकुमार वलीले जानकारी गराए ।
कोरियाको समस्या लाई एक अर्कामा मिलेर समाधान र आफ्नो मातृ भुमिलाई सहयोग गर्ने उद्देश्यले राप्ती सम्पर्क मञ्चको स्थापना गरिएको भन्दै बरिस्ठ उपाध्यक्ष निमेष कुमार वलीले कोरियामा विभिन्न पेशा, ब्यबसाय लगायतको सिलसिलामा कोरिया रहनु हुने सम्पुर्ण राप्ती भेगका समुदायलाई तल उल्लेखित मिति स्थान र समयमा उपस्थित भई बृहत् छलफल तथा अन्तर्कृया कार्यक्रम सफल पारिदिन हार्दिक अपिल गर्नु भएको छ।
स्थान:-कुमारी भान्सा घर तुङ्देमुन ३ नं गेट अगाडि
मिति:-२०१६/०३/०६( मार्च ६ तारिक आईतवार)
समय:- बिहान ठिक १० बजे