राजनीति सफा गरि देश निर्माण गरौ -नारायणकाजी श्रेष्ठ (भिडियो सहित)
एकीकृत नेकपा माओबादीका उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीति सफा गरेर देश निर्माण गर्नु पर्ने बताएका छन । गत आईतबार सौल स्थित नेपाल हाउसमा नेपाल जनाधिकार मन्च कोरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।
“संघिय लोकतान्त्रिक कार्यन्वयनको लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्तिहरु बिचको एकता आवश्यकता र सम्वृद राष्ट्र निर्माणको लागि प्रबासिएका नेपालीहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलहरु चरम सत्ता लोलुप प्रवृति र सत्ता सत्ताको लागि सत्ता पैसाको लागि मात्रै प्रयोग गरेकोले देश बिकासको मुख्य समस्या रहेको बताए ।
संबिधान कार्यन्वयन सम्ममा राष्ट्रिय एकता सहमति र सहकार्य र राष्ट्रिय सहमति हुनु पर्नेमा जोड दिदै राष्ट्रलाई सारभौम सत्ता घोषणा गर्ने अनि बैदेशिक हस्तक्षेप जारी रहने हो भने देश नब उपनिवेश हुने आशंका समेत व्यक्त गरे ।
http://https://www.youtube.com/watch?v=bSvRCzDRGQ0
भारतले संबिधान रोक्ने कोसिसका बाबजुद संबिधान घोसणा गरेको उल्लेख गर्दै अघोषित नाकाबन्दी गरेको बताउदै अन्तत भारतकै नेताहरुको बिरोध, अन्तर्राष्ट्रिय दबाब र नेपाली जनतामा भारत प्रतिको नकारात्मक दृष्टिकोणको दिर्घकालिन असरको कारण अघोषित नाकाबन्दी फिर्ता लिएको बताए
अन्तरक्रिया कार्यकममा बोल्दै ओएनएफ अध्यक्ष शालिकराम बस्यालले रेमिट्यान्सले व्यक्तिको क्षणिक आबस्यकता मात्रै पूर्ति भएको बताए र प्रबाशमा रहेर सेवाको राजनीति गरेको जिकिर गरे ।