अधुरै रह्यो नयाँ घर हेर्ने सपना
सोल-कोरियामा नेपालीको मृत्यु हुने क्रम रोकिएको छैन | गत आइतबार मात्र दुई नेपालीले आत्महत्या गरेको घटना सेलाउन नपाउदै आज फेरी एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ |
६ महिना अघि ईपीएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका लोक भट्टराई मंगरबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् | छल्लाबुक्दो छाङसुको खुराक माउलमा रहेको टमटर हाउसमा काम गर्दै आएका थिए | त्यहाँ एक नेपाली कामदार कार्यरत छन् |
ती कामदारका अनुसार सधै बिहान ६.३० बजे कफी खान उठ्ने गरेका भट्टराई आज ७ बजेसम्म पनि नउठे पछि ढोका खोल्ने प्रयास गरिएको थियो | उनले भित्रबाट लक गरेकाले प्रहरीको सहयोगमा झ्याल फोडेर हेर्दा उनि मृत अवस्थामा देखिएका हुन् |
अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरि रहेको छ | ३४ बर्षिय भट्टराई यस अघि कोरियामा ३ बर्ष बसेर फर्केका थिए | दुई छोरा र श्रमती बुटवल बस्दै आएका छन् |
मृतक भट्टराईको नयाँ घर हेर्ने सपना अधुरै रह्यो | बैदेशिक रोजगारबाट कमाएको पैसाले भट्टराई परिवारले बुटवलमा नयाँ घर निर्माण गरेको थियो | उनका परिवार हालै नयाँ घरमा सरेका छन् | लोकको नयाँ घर हेर्ने सपना चाही अधुरै रह्यो |