नारी दिवश बिशेष -कोरियामा नेपाली महिला आफु बाँचेर अरुलाई बचाउन्छन्
एक नेपाली युवती ‘नाटकीय’ विवाह गरेर कोरिया आइन्। कोरियाली पुरुषको कृत्रिम श्रीमती बन्न नेपालको दलाललाई १५ लाख खुवाइन्। कोरिया आएपछि उनको कथित लोग्नेले शरीरमाथि हक दाबी गर्यो। उनले चाहिनन्। त्यसका लागि उसले पनि त्यही दलाललाई पैसा खुवाएको रहेछ। उसले थुनेर यौन शोषण गर्न थाल्यो।
अन्तत: उनी भागिन्। साँझको बेला राजमार्गमा पुगिन्। त्यहाँ एउटा ट्रक आइरहेको देखिन्। रोक्न खोजिन्। ड्राइभरले ट्रक रोक्यो। त्यो ड्राइभर होइन, राक्षस रहेछ। जंगलमा लगेर उसले पनि रातभर बलात्कार गर्यो। र, उज्यालो हुने बेला त्यही जंगलमा छाडेर टाप कस्यो।
मानसिक रूपमा विक्षिप्त उनलाई ‘वुमन फर वुमन’ भन्ने संस्थाका नेपाली महिलाले भेटे। त्यसकी संरक्षक लक्ष्मी लामा गुरुङले अस्पताल भर्ना गराइन्। नेपालमा घर बेचेर कोरिया आएर चोटैचोट कमाएकी उनको मानसिक अवस्था ठीक थिएन। चिकित्सकले उनलाई १० वर्ष औषधि खानुपर्छ भनेको छ। अस्पतालको बिल ७० लाख वनभन्दा बढी आयो। ‘भनसुन गरेर सबै छुट गराइयो,’ लक्ष्मीले भनिन्।
कोरियाको राजधानी सोलस्थित तुङदेमुन सहरलाई नेपाली बजार भनिन्छ। त्यही बजार छिचोलेर अलिकति हिँडे दोङम्यो आप स्टेसन आउँछ। त्यो स्टेसनको ६ नम्बर गेटबाट अघिल्तिर हेर्दा एउटा अपार्ट देखिन्छ। त्यो अपार्टको पाँचौं तलामा गत साता पुग्दा निन्याउरो अनुहार लाएका ९ नेपाली महिला भेटिए।
यो हो– कोरियामा आपत्विपत् पर्ने नेपाली महिलाका लागि बनाइएको आश्रयस्थल। यसलाई कोरियामै रहेका नेपाली महिलाहरूको संगठन ‘वमन फर वमन’ ले सञ्चालन गरेको हो। यसमा हरेक महिना सरदर १५ जना महिलाले आश्रय लिइरहेका हुन्छन्। यति बेला रहेका ९ जनामध्ये अधिकांश कम्पनी मन नपरेकाले परिवर्तन गर्ने सिलसिलामा सेल्टरमा बसेका हुन्। काम नमिलेसम्म त्यहीं बस्ने उनीहरूले सुनाए।
पोखराकी अमला गुरुङले भने काम गर्दागर्दै साहुले निकालेपछि सेल्टरमा बसेको बताइन्। उनको मृगौला घाउ भएर सुन्निएको छ। चिकित्सकले फोक्सोमा पानीसमेत जमेको बताएका छन्। ‘भर्खर आएको, सहारा कोही थिएन,’ उनले भनिन्, ‘सेल्टर नभएको भए अलपत्र पर्ने रहेछु।’
वोमन फर वोमन सस्था स्थापनाको घटनाक्रम मर्मस्पर्शी छ । सुनसरीकि कोपिला राई २०१० कृषि भिसामा कोरिया आइन साग टिप्ने कम्पनीमा । त्यहां साहुले छिटो काम लगाउाथ्यो । नेपालमा शारीरिक काम नगरेकी कोपिलालाई काम गर्न गार्हो भयो । काम शुरु गरेको २ महिनामै ढिलो काम गरेको कारण देखाउदै साहुले कम्पनीबाट निकाली दियो । उनि सडकमा बिजोक भइन । उनले न भाषा जानेकी थिइन् न त साथमा पैसा नै थियो बाटोमै बसिरहेका बेला एकजना भारतीय नागरिकसंग भेट भयो । उनैले नेपाली कामदारसंग सम्पर्क गरायो। ती कामदारमार्फत नेपाली सम्पर्क समितिका तात्कालिन अध्यक्ष डेभिड राईलाई भेटाइन । राईले प्रवासी मजदूर युनियनमा मजदुर अधिकार बारे काउन्सीलिङ गरिरहेकी मंजु थापालाई भेटाइ दिए । त्यसपछि कोपिला र मन्जु महिलाका लागि एक भएर काम गर्न लागे ।
त्यहि समयमा कोरियामा बैवाहिक भिसामा आएका बिदेशी बुहारीहरु माथि घरेलु हिंसा चरम रुपमा बढेको थियो । त्यो घानमा नेपाली महिलाहरु पनि अत्यधिक रुपमा घरेलु हिंसामा परे । त्यस्ता कतिपय घटनाहरु दूताबाससम्म आउथ्यो । आपत बिपतमा पर्ने र कानुनी समस्यामा पर्ने नेपालीको संख्या पनि बढदै गयो । उनीहरुको समस्यालाई सम्बोधन गर्ने कुनै निकाय थिएन । दूताबासको कानुनी अधिकार केहि नभएकाले चाहेर पनि कुनै सहयोग गर्न सक्दैनथ्यो । उनीहरु बासस्थान खोज्दै र न्याय माग्दै मंजु थापाको कार्यालयमा पुग्थे । पुरुष प्रधान संस्थाहरु बग्रेल्ती भए पनि महिलाको सहारा बन्न सकेनन् । त्यसैले उनिहरुले पनि हिम्मत कसे । कामदार ब्यापारी,बिद्यार्थी मिलेर ’प्रवासी महिलाका लागि महिला’ नामक संस्था २०१० मा कोपिला राई कै संयोजकत्वमा स्थापना गरे ।
संस्था स्थापना गरे पनि प्रमुख समस्या बासस्थानको थियो । भइपरेका बेला भरपर्दो बास बस्ने ठाउ कतै थिएन । त्यसैले आफैले केहि रकम संकलन गरे । त्यो रकम पर्याप्त थिएन । उनीहरुले बिभिन्न सस्था र व्यक्तिहरुसंग सहयोगको हात फैलाए । मागे र एउटा बहुसस्कृतिक कार्यक्रम आयोजना गरे । सो कार्यक्रममा चीन, बर्मा, फिलिपिन्स र नेपालका ४ देश कलाकारले प्रस्तुति दिए । यो कार्यक्रममाबाट सयहोग संकलन गरे र २०११ को जुलाईमा वोमन फर वोमन सेल्टरको स्थापना भयो ।
‘वमन फर वमन’ हालसम्म गरेको कामहरु :-
-कोरियन पुरुषसंग बैबाहिक भिसामा आएर घरेलु हिंसामा परेका महिलाहरुलाई खान बस्नको व्यवस्था र कानुनि अनुसारको हक दिलाउन कोरियन सस्थामा रिफर गर्ने ।
-कामको खोजीमा रहेका महिलाहरुलाई खान बस्नको ब्याबस्था गर्ने ।
-औद्योगीक दुर्घटनामा र बिभिन्न रोग लगेर बिरामी भएका महिलालाई आर्थिक सहयोग गर्ने ।
-बेरोजगार महिलाहरुलाई रोजगारीको ब्यवस्था गर्ने ।
-निशुल्क कोरियन भाषा सिकाउने ।
-रोजगारदाताबाट तलब भत्ता वा अन्य सुबिधा नपाएका महिला कामदारलाई कानुन बमोजिमको हक दिलाई दिने प्रयास गर्ने ।
-नेपाली महिला कामदारलाई श्रमिक हक अधिकार बारे जानकारी गराउने ।
-कोरियन स्वास्थ्य संस्थाहरु संग मिलेर महिनामा एक चोटी निशुल्क स्वाथ्य शिबिर संचालन गर्ने ।
-नेपाली चाडपर्वमा नेपाली सस्कृति र सस्कारबारे कोरियन समुदायलाई जानकारी गराउने ।
-नेपालमाको महिला तथा बालबालिका सम्बधी सस्थालाई सहयोग गर्ने ।
-कोरिया आउने महिला कलाकार, खेलाडी,र ाजनीतिज्ञ र प्रतिभाहरुलाई सम्मान गर्ने
-नेपालका महिला, बालबालिका र परोपकारी संस्थालाई सहयोग गर्ने ।
संस्थाका अध्यक्ष मल्लिका थकालीका अनुसार मासिक औसतमा १५ जना महिला बस्दै आएका छन् । उनीहरुलाई खान बस्न निशुल्क उपलब्ध गराइएको छ । सेल्टरमा मासिक खर्च ७ लाख वन (करिब ७० हजार रुपैयां) हुने गर्दछ ।
‘वमन फर वमन’ को आयश्रोत
-फ्लिम प्रदर्शनबाट प्राप्त मुनाफा
-कोरियन सस्था न्यु वेबाट प्राप्त मासिक ३ लाख वन
-सांस्कृतिक कार्यक्रमबाट प्राप्त रकम
-तीज, भैली दशैं, तिहार, चिठ्ठा कार्यक्रम
-एनआरएन अध्यक्ष शेष घलेमार्फत एक मुष्ठ करिब २ लाख रुपैया सहयोग
-कार्य समिति पदाधिकारीहरुबाट लेबी
-टिभी, वासीङ मेशिन , वाइफाई नेपाली समुदायसंग स्पन्सर गराएको ।
अध्यक्ष थकालीले यहां रहेका नेपाली महिलाहरुको र सेल्टरको अवस्थाबारे कोरिया भ्रमणमा आउने मन्त्री संसद, नेता मन्त्रालयका सचिब , विभागीय प्रमुख र परोपकारी अभियन्ताहरुलाई जानकारी गारिएको बताइन् । तात्कालीन श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङ र कांग्रेसका नेता बिश्वप्रकाश शर्मालाई सहयोगका लागि ज्ञापन पत्र बुझाए पनि हालसम्म कुनै सहयोग प्राप्त नभएको गुनासो छ ।
शर्मामार्फत नेपाल सरकारले ६ लाख रुपैया सहयोग गर्ने भन्ने सुनेको तर हालसम्म प्राप्त नभएको ।
त्यस्तै गुरुङले अक्षय कोष खडा गरेर सहयोग गर्ने बचन दिएका थिए र नेपालमा प्रतिनिधि पठाउदा सम्पर्क नै हुन नसकेको ।
अनुराधा कोइराला र दिलशोभा श्रेष्ठले पनि अवस्था बुझेका छन् ।
‘कोरियाका लागि नेपाली राजदूत, उपनियोग प्रमुख लगायत सबैलाई हामी दुखले सेल्टर चलाई रहेका छौ भन्ने थाहा छ ।’ अध्यक्ष थकालीले भनिन |
सेल्टर सहयोगका लागि नेपाल सरकारसंग पटक पटक निबेदन दिए तर सुनुवाई नभएको गुनाशो अध्यक्ष थकालीको छ ।
संरक्षक लक्ष्मी लामा गुरुङको भनाइ
बिगत दुई दशकदेखि सोलमा ब्यबसाय गरेर बसेकी लक्ष्मी लामा गुरुङ सस्थाका सल्लाहकार हुदै अहिले संरक्षक छिन् । उनले स्थापना कालदेखिनै आर्थिक, नैतिक, सामाजिक सहयोग गरेकी छिन् । संस्थाप्रती उनको भनाइ यस्तो छ
कोरियामा रहेका नेपाली महिलाहरुले धेरै थोरै राष्ट्रलाई रेमिटेन्स बुझाएकै छन् । उनीहरु कुन अवस्थामा छन् भनेर बुझ्ने काम सरकारको पनि हो । हाम्रो अवस्थाबारे सरकारको ध्यान पुगोस भन्ने चाहन्छु । सेल्टर नभएको अवस्थामा दिदीबहिनीहरु बिभिन्न जोखिममा पर्ने सम्भावना धेरै छ । त्यसैले पनि यो ब्यबस्थित रुपमा र दीर्घकालसम्म संचालन गर्नुपर्दछ । सहयोगका लागि म सरकारसंग आग्रह गर्दछु ।
चन्दा, लेबी र सहयोगले कति दिन चलाउने र ? यो हाम्रो राज्यले बुझ्नु जरुरि छ ।
संस्थाको स्थापना देखिनै मैले निरन्तर सहयोग गरिरहेको छु र सकेसम्म म सहयोग गरिरहनेछु । दिदीबहिनी बहिनीलाई गम्भीर रोग लागेका बेला समस्या धेरै हुन्छ । उनहिरुको उपचार महंगो हुन्छ । यस्तो खर्च जुटाउन मैले व्यक्तिगत प्रयास गर्दै आएको छु । संस्था बलियो भयो भने हामीलाई काम गर्न सहज हुनेछ ।
सस्थालाई मजबुत बनाउन र सस्थाको आधिकारिकता प्राप्त गर्न कोरियन सरकार समक्ष दर्ता गराउने योजनामा छु ।’