कोरियामा थारू कल्याणकारिणीको सम्मान तथा बिदाई सम्पन्न
सोल- थारू कल्याणकारिणी सभा कोरियाले पहिलो सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
उसले गत मार्च ६ मा सोल दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा चितवनका देव चौधरी, सुनसरीका राजेश चौधरी र मोरङका दिलिपकुमार खवासलाई बिदाइ तथा सम्मान गरेको हो ।
सस्थाले बिदाई तथा सम्मान पाउनेहरु दिलिप एक लाख वन देब एक लाख वन राजेश चौधरीलाई पचास हजार वन अध्यक्ष चौधरीले सहयोग स्वरूप हस्तान्तरण गरेका थिए |
थारू युवाहरुको उत्साहजनक उपस्थिति रहेका कार्यक्रममा अध्यक्ष पुष्प चौधरी तथा उपाध्यक्ष शिव चौधरीले संस्थाप्रति उच्च योगदानको मुल्यांकन गर्दै स-धन्यवाद सम्मान पत्र प्रदान गरेका थिए ।