LG U + म्याङ्गो कार्ड एप्सबाट नि:शुल्क नेपाल फोन गर्न सकिने
रोशन राई, सोल –
नेपाल मा बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्प प्रती लक्षित गरी एलजी युप्लस टेलिकमले नेपाल नि:शुल्क फोन गर्ने सुबिधा दिएको छ ।
भयानक भुकम्पले अतुलनीय मानवीय क्षती तथा भौतिक संरचना ध्वस्त पारेपछी , कोरियामा रहेका नेपालीहरुलाई केहि राहत होस भन्ने हेतुले आफ्नो परिवार जन र आफन्तजनहरुसँग सम्प:र्कमा रहिरहन सहज होस भन्नको लागी “म्याङ्गो कार्ड्” ले भोली मे ३ तारिक सम्म ३६ देखी ५० मिनेट सम्म नि:शुल्क सुबिधा दिएको बजार ब्यबस्थापक तथा हिमालयन बिजनेस लिंक सुवन का संचालक सुदीप श्रेष्ठले जानकारी दिए ।
उक्त सुविधा यो भन्दा अगाडी १४ मिनेट सम्म मात्रै नि:शुल्क उपलब्ध गराउदै आएको थियो तर भुकम्पले ठूलो क्षती गरेपछी सुदीप श्रेष्ठको पहलमा यो सुबिधा दिएको हो । यस्तो सुविधा प्रयोग गर्नको लागी कुनै पनि स्मार्ट फोनमा म्याङ्गो कार्ड एप्स डाउनलोड गर्नु पर्ने हुन्छ ।
डाउनलोड गरी प्रयोग गर्ने विधी :
1), Go to ” play store ”
2), Download “Mango Card” And Install > Open .
3), Select Nepal or other country
4), Press ” More ” on top right .
5), Press ” setting ”
6), Types code 1405> enter .
7), press Dial number .