कोरियामा २ करोड ९० लाख रुपैयाँ लिएर हुण्डी दलाल फरार
सोल-कोरियामा एक हुण्डी दलाल नेपाली कामदारको करोडौं रुपैयाँ लिएर फरार भएको पीडितले बताएका छन् | सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाईरहेका भोजपुरका सगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनिहरुले जानकारी दिएका छन् |
घलेले सस्तो दरमा नेपाल पैसा पठाई दिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए | उनि केहि दिनदेखि घर पैसा पठाउन लागेका कामदारसंग सम्पर्कबिहिन भएका हुन |