खेलाडी पुस्कल राईलाई कोरियामा बिदाइ
राईजिङ नेपाल फुटबल क्लव दक्षिण कोरियाका खेलाडी पुस्कल राईलाई क्लवले बिदाइ कार्यक्रमको आयोजना गरी मायाको चिनो प्रदान गरेको छ । वैदेसिक रोजगार भिसामा कोरिया आएका राई चारवर्ष १० महिनाको भिसा पुरा गरी शुक्रबार नेपाल फर्केका छन् । उनी राइजिङ नेपाल फुटबल क्लवको डिफेन्सबाट फुटबल खेल्दै आएका थिए । जर्सी नम्बर ५का खेलाडी राईलाई राई सोल्टी उपनामले समेत चिनिन्छ ।
राइजिङ नेपाल फुटबल क्लव उल्सान माइग्रेन्ट कप २०१५ का विजेता पनि रहेका राई कोरियामा रहुन्जेल क्लवमा आवद्ध भएर पुर्याएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरेको राइजिङ नेपाल फुटबल क्लव ग्यङजुका टिम म्यानेजर तथा कोरिया फुटबल महासंघ समितिका सदस्य फिलिप गुरुङले बताए । उनका अनुसार ग्याङजु २०१४ स्थापित क्लवका खेलाडी अहिले उल्सानसम्म फैलिएको छ ।