म बिरुद्ध भ्रामक हल्ला फैलाईयो – एन आर एन कोरिया उपाध्यक्ष – बिपिन गुरुङ
सोल – एन आर एन कोरियाका उपाध्यक्ष बिपिन गुरुङलाई अपराध महाशाखा टेकुले पक्राउ गरेको समाचार सरासर गलत भएको भन्दै बिपिन गुरुङले खण्डन गरेका छन् |
फोनिजकोरियामा केहि समय अघि आएको समाचार निराधार भएको र आफु बिरुद्ध भ्रामक हल्ला फैलाईएको जनाए | आफुलाई महानगरीय अपराध महाशाखा टेकुका डिएसपी मुकुन्द मरासिनीले फोन गरि बोलाए पछि आफै अपराध महाशाखा टेकुमा गएको र सामान्य सोधपुछ गरेको फोनिजकोरियासंगको टेलिफोन सम्पर्कमा बताए |
गुरुङले मिन प्रकाश उप्रेती बिरुद्ध फेसबुक स्टाटसमा आफ्नो व्यक्तिगत मानहानी गरेको हुदा साईबर क्राईम दर्ता गरेको पनि जनाए | उनले आफ्नो संस्था र व्यक्तिगत आचरणमा आच आउने गरि कसैले आफु माथि षडयन्त्र रचेको आफु कानूनी प्रकियाबाट अगाडी बढने पनि बताए |