ईपीएस परीक्षा असारको पहिलो हप्तामा


काठमाडौं -सन् २०१७ को ईपीएस  भाषा परीक्षा आगामी असारको पहिलो हप्तामा सञ्चालन गर्ने तयारी भएको छ ।

 

 

श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले असारको पहिलो सातामा नै परीक्षा गर्ने तयारी गरिरहेको निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

 

 

तर, औपचारिक मितिबारे निर्णय भने भएको छैन । श्रम तथा रोजगार मन्त्री दीपक बाहोरा अध्यक्षतामा बस्ने इपीएसको निर्देशक समितिको बैठकले औपचारिक मिति तोक्नेछ ।

 

 

मन्त्री बोहोरा अहिले प्रधानमन्त्री केही शर्मा ओलीसँगै चीन भ्रमणमा छन् । अबको दुईसाता भित्र परीक्षाको मिति तय हुने निर्देशक बास्तोलाले बताए ।

 

 

यसअघि नेपालले भदौमा परीक्षा गर्ने निर्णय गरेपनि पूर्नबिचार गर्न आग्रह गर्दै दक्षिण कोरियाले आसारमै परीक्षा गर्न नयाँ प्रस्ताव गरेको थियो ।

 

 

कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) ले असारमा नै परीक्षा लिईसक्नुपर्ने भन्दै इपीएस कोरिया शाखालाई पत्र लेखेको थियो ।

 

 

यसअनुसार आगामी बैशाखको दोस्रो हप्तामा भाषा परीक्षाको आवेदन माग गरिने उनले बताए ।

 

 

अनलाइन फारम भर्न नपाइने

 

यसवर्ष अनलाइनबाटै आवेदन लिने तयारी थियो । तर, छिटो परीक्षा हुन लागेकाले परीक्षार्थीले यो वर्ष पनि लाइन बसेरै आवदेन बुझाउनुपर्ने अवस्था आएको छ ।

 

 

अनलाइन प्रणाली विकास गर्न टेण्डर आह्वान भएपनि बैशाखसम्म त्यसलाई तयार गर्न नससिकने बास्तोलाले बताए । यसअघि शाखाले असारसम्म अनलाइन प्रविधि विकास गरेर त्यसैबाट आवेदन लिने योजना बनाएको थियो ।

 

 

घण्टौं लाइनमा बसेर आवेदन भर्नुपर्दा युवालाई गाह्रो भएको भन्दै सरकारले भाषा परीक्षाको आवेदन अनलाइमै बुझ्ने तयारी गरेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...