जनजाति महासंघ द. कोरियाद्वारा तोरन्ल्हको शुभकामना ।
सोल / कोरिया – नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले थकाली समुदायको महान चाड तोरन्ल्हको अवसरमा देश तथा बिदेशमा बसोबास गर्ने सम्पूर्ण थकाली समुदाय लाई शुभकामना व्यक्त गरेको छ ।
महासंघ द. कोरियाले थकाली सेवा समाज कोरियाले तोरन्ल्हमा आर्चरी खेल प्रतियोगितात्मक कार्यक्रम सफलताको कामना पनि गरेको छ । “देश विदेश जहाँ भए पनि आफ्नो धर्म कला संस्कृति भनेको पहिचान हो । हामी जहाँ भए पनि यसको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो दाईत्व हो ” जनजाती महासंघ द. कोरियाका कार्यबाहक अध्यक्ष पवन चा. राईले शुभकामना सन्देशमा बताए ।