बागलुङ सम्पर्क समितिले भलिबल प्रतियाेगिता र छुसकमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने
सौल –
सज्जन कुमार सिंह
बागलुङ सम्पर्क समिति दक्षिण काेरियाले जुलाईकाे पहिलाे हप्ता भलिबल प्रतियेागिता र आउदो छुसकमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेकाे छ । साथै भलिबल प्रतियाेगिताका साथमा भाग्यशाली चिठ्ठा पनि राखिने भएको छ | अाईतबार बसेकाे समितिकाे वैठकले भलिबल खेललाई सभ्य भव्य तबरले संचालन गरि सफल पार्न जिम्मेवारी बाडफाड गरेकाे छ ।जसअनुसार हल ब्यवस्थापनमा सस्थाका बरिष्ठ सल्लाहकार त्रेय तारा केसि,छानु चन्द र दिपक पुनलाई जिम्मेवारी दिईएकाे छ । भलिबल खेल ब्यवस्थापनका लागि समितिका खेलकुद संयाेजक छानु चन्दकाे संयाेजकत्वमा भलिबल प्रशिक्षक तथा सस्थाका बरिष्ठ उपाध्यक्ष भगवान छन्त्याल,भलिबल टिम क्याप्टेन तथा सस्थाका उपाध्यक्ष अर्जुन थापा, लाेकेन्द्र भट्टचन,दिपक गाैतम लाई जिम्मेवारी दिईएकाे छ । समग्र खेलकाे अफिसियल तर्फ सस्थाका अध्यक्ष याम श्रीस,सचिव सज्जन कुमार सिंह,सल्लाहकार राम प्रसाद शर्मा,बिदुर शर्मा ,काेषाध्यक्ष जगेन्द्र थापा,सह काेषाध्यक्ष तेजन मल्ल ,याम खत्रीलाइ जिम्मेवारी दिइएकाे छ । खाजा ब्यवस्थापनमा सस्थाका बरिष्ठ सल्लाहकार नवीन काला,सहसचिव टीका नेपाली र सास्कृतिक बिभाग संयाेजक केवि पुनलाई जिम्मेवारी दिने निर्णय गरिएकाे छ । भलिबल खेलमा प्रथम हुने टिमले १० लाख वोन ,दोर्सो हुनेले ७ लाख वोन पाउने छन् | चिठ्ठामा पनि अाकर्षक पुरुस्कार राखिएकाे छ ।
सस्थाले छुसककाे दाेस्राे दिन सेप्टेम्बर १५ मा बृहत् सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेकाेछ । बागलुङ जिल्लाका अति बिपन्न समुदायकाे शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने गरि कार्यक्रम अायाेजना गर्न लागिएकाेले काेरिया स्थित सबै सघसस्था र नेपालीलाई कार्यक्रम सफल पारिदिन सस्थाले अाग्रह गरेकाे छ । सन २००१ मा स्थापना भई काेरियामा सक्रिय रुपमा सामाजिक काम गर्दै अाएकाे बागलुङ सम्पर्क समितिले स्वदेशमा र बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाएकाे छ । यसबर्षकाे सास्कृतिक कार्यक्रम मार्फत उठ्ने रकम बाट बागलुङ क्षेत्र नम्बर २ मा शिक्षा र स्वास्थ्यमा सहयाेग गरिने सस्थाका अध्यक्ष याम श्रीसले जानकारि दिए ।