प्रथम मेची महाकाली कप मनांग एफ.सि. ले उचाल्यो। (फोटो फिचर)
सोल/कोरिया – प्रथम मेचीमहाकाली कप मनांग एफ सि ले उचालेको छ । गत मार्च २७ मा मेचीमहाकाली युनाइटेडले तोंग्दुछन फूटबलमैदानमा आयोजना गरेको एक दिवसीय फूटबल प्रतियोगितामा ट्राइ ब्रेकरमा धरान एफ सि लाई हराउदै प्रथम मेचीमहाकाली कप उचाल्न सफल भएको हो ।
धरान एफ सि संगको फाइनल खेलमा निर्धारित समय ५० मिनेट र थप अतिरिक्त समय १० मिनेटमा पनि नतिजा बराबरी भएपछि, खेल ट्राइ ब्रेकरमा गएको थियो । दुई जनाको पेनाल्टी शुट पोलमा लागेर बाहिरिए पछि धरान एफ सी बिजेता हुन बाट बन्चित भएको हो ।
मनाङको यो जित संगै गत बर्ष को थुप्रै कपका बिजेता लमजुङ एफ सि को बर्चस्व अन्त्य भएको छ । लमजुङ एफ सि पनि मनाङ एफ सि संगै पेनाल्टी प्रहारमा चुकि प्रतियोगिताबाट बाहिरीएको थियो । मेचीमहाकाली युनाइटेडको पहिलो सस्करण “मेची महाकाली हामी सबै नेपाली” भन्ने मुलको नाराको साथ आयोजित प्रथम मेचीमहाकाली कपमा आयोजक दुई र अन्य ११ वटा गरि जम्मा १३ टिमको सहभागी भएका थिए ।
फाइनल खेल को समापन पछि बिजेता तथा उपबिजेता टोलिलाई कार्यक्रमको प्रमुख अथिति तथा नेपाल फूटबल महासंघ दक्षिण कोरिया अध्यक्ष ब्रो तमु(कृष्ण गुरुङ) , आयोजक कमिटीका खेल संयोजक साथै फूटबल महासंघको बरिस्ठ उपाध्यक्ष दिपक थापा, गैर आवाशिय नेपाली संघ NRN को वरिष्ठ उपाध्यक्ष ओमनारायण जुकजाली , महासंघकै उपाध्यक्ष प्रकाश लामा लगायतले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । आयोजकको तर्फबाट सहभागी सम्पुर्ण टिमलाई मायाको चिनो (TOKEN OF LOVE) प्रदान गरेको थियो ।
नेपाली फूटबल खेलको बिकास,ब्याबस्थापन र खेलाडीहरुको एकताको निम्ति महासंघ गठनपछिको पहिलो आयोजना यो प्रथम मेचीमहाकाली कप पर्याप्त समयको अभावको बाबजुत अत्यन्तै सफल र सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण नेपाली समुदाय, नेपाल फूटबल महासंघ दक्षिण कोरिया, सहभागी सम्पुण टिम तथा दर्शकहरुलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।
फोटो – राजु गल्देन
भाग्यशाली चिट्ठा नतिजा सार्बजनिक
उक्त प्रतियोगिता दौरानमा भाग्यशाली चिट्ठा पनि खोलिएको थियो। खेलको अन्तिम समयमा खोलिएको उक्त चिट्ठा नतिजामा बिरु RG चिट्ठा नं – 001132 प्रथम, बिजय श्रेष्ठ चिट्ठा नं – 001040 दोस्रो, तास गुरुङ चिट्ठा नं – 001359 तेस्रो तथा अमृत राई चिट्ठा नं- 001231 योगराज लिम्बू चिट्ठा नं- 001847 र जिबन पुर्जा पुन नं 001832ले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । चिट्ठा बिजेताहरुले एक महिना अर्थात २०१६ अप्रिल २७ सम्ममा आफ्नो सक्क्कली अर्धकटी सहित आयोजक संग छिटो सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको समय भन्दा पछाडी प्राप्त चिट्ठाले पुरुस्कारको दाबी गर्न नसकिने आयोजकले जनाएको ।