सहयोग संकलन गर्दा नेपालको मर्यादा नभुल्नु -राजदूताबास
फोनिज कोरिया संवाददाता
सोल-सोलस्थित नेपाली राजदूताबासले गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पिडितको सहयोग संकलन गर्दा नेपालको मर्यादा ख्याल गर्न आग्रह गरेको छ | उसले आइतबार एक प्रेस बिज्ञप्ति जारि गर्दै प्राकृतिक बिपतमा सहयोगको चाहना राख्नु र सहयोगको लागि याचना राख्नु स्वाभाविक भए पनि याचना गर्दा राष्ट्रको मर्यादा ,स्वाभिमान ,भद्रता,र शिष्टतालाई विचार पुर्याउन ध्यानआकर्षण गरेको हो |
राजदूताबासले कोरियामा रहेका नेपाली सस्थाहरुबाट भैरहेको राहत संकलन प्रशंसनीय कार्य भएको जनाउदै भूकम्प पीडितको लागि स-साना समुहहरु र नयाँ सस्था गठन गरेर सहयोग संकलन भैरहेको पनि उल्लेख गरेको छ |
‘केहि संस्था एबम व्यक्तिहरुले नेपाली राष्ट्रिय झन्डालाई भुइँमा राखेर चन्दा बाकसमा चन्दा मागेको जानकारी आएको छ |’ बिज्ञप्तिमा दूताबासले भनेको छ ‘सहयोगी भावनाको उच्च मुल्यांकन गर्दै सहयोग संकलन कार्य ब्यबस्थित,एकीकृत र सम्मानित रुपमा संचालन गर्न अनुरोध गर्दछौं |’ सहयोग राशी सहि,समुचित ,पारदर्शी,र समन्यीक सदुपयोगका लागि प्रधानमन्त्री दैबी उद्धार कोष अन्तर्गत राजदूताबासले खोलेको खाता न 611-025933-979 (keb ) जम्मा गरिदिन अनुरोध गरिएको छ |
त्यस्तै दूताबासले कोरियामा कार्यरत नेपाली कामदारले भूकम्पमा आफन्त गुमाएको र कम्पनीले बिदा नदिएको अवस्था भए बिदाका लागि सहयोग गर्ने जनाएको छ | परम्परा र रीति बमोजिम काज कर्मको लागि नेपाल जानुपर्ने भएको तर आफु कार्यरत कम्पनीबाट बिदाका लागि समस्यामा परेको भए राजदूताबासमा सम्पर्क गर्न अनुरोध गरेको छ |