महाभुकम्प पिडीतलाई तामाङ सोसाईटी अफ अमेरिकाको सहयोग
फोनिज कोरिया सम्वाददाता
न्युयोर्क ।
महाभुकम्प पिडीतको लागि तामाङ सोसाईटी अफ अमेरिकाले राहत सामाग्री नेपाल पठाएको छ । कार्यसमितीका सदस्य तथा यूवा परिचालन बिभाग सँयोजक कासाङ थिङ १९ ओटा पाल सहित ७ हजार डलर (करिव सात लाख रुपैयाँ) नगद लिएर नेपाल पुगेको सोसाईटीका महासचिव पवन योन्जनले जानकारी दिए । उनका अनुसार खाध्य पदार्थ तथा औषधोपचारका सामाग्री किनेर आत्यावश्यक क्षेत्रमा पाल सहित काठमाडौ तिनचुले स्थित एसआर फाउन्डेसन मार्फत बितरण गरिने छ । फाउन्डेसनका प्रमुख गुरु लासाङ नाम्ग्याल रिम्पोर्चेको अगुवाईमा बिभिन्न ठाउँका पडितलाई राहत सामाग्री बितरण हुँदै आएको छ ।
थिङले नेपालबाट जानकारी गराए अनुसार धेरै गाउँहरुमा उद्दार तथा राहत सामाग्रीको अभाव रहेको छ । मानिसहरु उपचार नपाएर मर्ने अवस्थामा छन् । अझै धेरै ठाउँमा खुला आकाश मुनि बस्न बाध्य छन । उनी केहि राहत सामाग्री लिएर नुवाकोट लागेका छन् । यता योन्जनका अनुसार राहतका लागि सहयोग संकलन जारी छ र यो बिषम परिस्थितीमा सहयोग गर्न सोसाईटीले सबैलाई अनुरोध गरेको छ ।