नर्वेमा रहेका नेपालीद्धारा भुकम्पपिडितलाई संझिए
केशब पुरी,ओस्लो,नर्वे –नर्वेको राजधानी ओस्लोमा बस्ने नेपालीहरुद्वारा गत मिति २५ अप्रिल २०१५ मा नेपालमा आएको महाभुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झना गर्दै दिवंगत आत्माहरुको चिरशान्ति तथा घाइते भएका सम्पूर्ण नेपालीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गदैं दीपप्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
मे २ तारिखमा आयोजित सो कार्यक्रममा २७५ जना नेपालीहरु र केहि नर्वेजियन नागरिकहरु ओस्लो स्थित टाइगर पार्कमा भेला भइ कार्ल योहन्सगाता हुदै सिटि काउन्सिलमा पुगी एक मिनेट मौनधारण गरि कार्यक्रमको सुरुवात गरेका थिए।
दीपप्रज्वलन अभिभावक लीलाधर भट्टले गर्नु भएको थियो साथै ओस्लोमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै हेम गुरुङले महाभूकम्पले नेपालमा पुर्याएको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै श्रधान्जली सभामा स्वतस्फुर्त सहभागिताको लागि सबैलाई धन्यवाद दिए ।साथै उनदे देशलाई दुख्दा प्रत्येक नेपालीलाई दुख्ने बताउदै आफ्नो सहयोग जारी राख्न सबैसंग अनुरोध समेत गरेका थिए ।
उक्त कार्यक्रमको संचालन तथा समापन जनसम्पर्क समिति नर्वेका महामन्त्री केशब पुरीले गरेका थिए ।