दूताबासले ९ टन सामग्री र १ लाख डलर पठायो
फोनिज कोरिया संवाददाता
सोल-सोलस्थित नेपाली राजदूताबासले भूकम्प पिडितको सहयोगका लागि ९ टन सामग्री शुक्रबार नेपाल पठाएको छ | नेपालमा विनाशकारी भूकम्प गएपछि राजदूताबासले राहत सामग्री संकलन गरेको थियो |
राजदूताबासले जनाए अनुसार सामग्री मध्ये टेन्ट २ सय थान,९ सय थान कम्बल र चाउचाउ तथा औषधि पठाएको हो |
त्यसैगरी दूताबासले ‘महभूकम्प उद्धार कोष’मा जम्मा भएको १ लाख ८२ हजार २ सय २९ अमेरिकी डलर प्रधान मन्त्री दैबी प्रकोप राहत कोषमा जम्मा गरेको छ |