अविभावकहिन कोरियाका संघसंस्थाहरु
निश्चल काउचा -दुई हप्ता अघि हाम्रो देशमा गएको महाभूकम्प परि देश प्रसवपिडामा छ | हजारौले ज्यान गुमाउन पुगे भने लाखौ घरबारबिहिन हुन् पुगेका छन् | हामी स्वदेश हौ या प्रदेश जहाँ भए पनि सबै नेपालीको मन , मुटु उत्तिकै दुखेको छ | देश देख्दा आफुले सकेको मल्हम लगानु हामी सबैको कर्तब्य र उत्तरदावित्व हो |
कोरियामा क्षेत्रीय ,जातिय , दलिय गरि दर्जनौ संघ संस्थाहरु छन् | एकजुट हुनु पक्कै पनि राम्रो कुरा हो | नेपालमा या कोरियामा कसैलाई केही परेमा कोरियाका संघ संस्थाहरुले सहयोगको हात बदाउदै आईरहेका छन् | यो खुसीको कुरा हो | पछिल्लो समयमा भुकम्प पिडितलाई राहत संकलन कार्यमा कुन संघ संस्थाले बदि उठाउने भनेर अघोषित प्रतिसप्रधा नै देखियो | सबै संघ संस्थाले आफु खुसी नै राहत संकलन कार्यमा सरिक देखिए |देश लागि राहत संकलन गर्नु राम्रो पाटो नै हो | यसरी आफु खुसीले उठाएका राहतको पारदर्शिताको आधार के हो भन्ने मात्र प्रश्न हो ?
कोरियामा रहेका संघ संस्थाहरुको छाताको रुपमा नेपाली जनसम्पर्क समितीले आफुलाई ठान्दै आएको छ | हिजो कोरियामा दुताबास नहुदा एनसीसीको जुन ईतिहास छ | त्यसको भरमा आफुलाई छाता रुपमा चित्रण गर्नु आजको सन्दर्भमा कति उपयुक्त होला ?. ताकि एनसीसीले पछिल्लो समयमा सलनाल र चुसकमा हुने कार्यक्रम बाडफाड गर्ने कार्य बाहेक कुनै पनि कार्य गरेको देखिदैन | कुनै देश या संस्थाले समय अनुरुप आफुलाई अपडेट गर्न सकेन भने कस्तो हाल हुन्छ भन्ने हाम्रै देशको उदाहरण नै काफी छ | ५ दशक अघि कोरिया चरम भोकमरीवाट गुज्रिरहेको थियो | त्यति बेला हाम्रो देशले पनि कोरियालाई चामल सहयोग गरेको थियो | अहिले कोरिया कहाँवाट कहाँ पुग्यो | हाम्रो देश जहाँको त्यहि छ | यसर्थ हामीले के बुझ्न जरुरी छ भने समय अनुसार अपडेट हुनै पर्छ |
नेपाली दुताबासले खाता खोलेर कोरियामा रहेका सबै संघ संस्थाहरुले भुकम्प पिडितलाई उठाएको राहत आफ्नो खातामा राखी दिन आग्रह गर्यो तर दुताबासले खाता खोलेर राहत जम्मा गरि दिन आग्रह गर्नु अघि कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुलाई बोलाएर भुकम्प पिडितलाइ कसरी राहत संकलन गर्ने भनेर सल्लाह सुझाव लिन त सक्थ्यो होला तर किन लिन चाहेन या सकेन त्यो दुताबासलाई नै थाहा होला |
महाभुकम्प गएको २ हप्ता बिति सक्दा पनि भूकम्पले अति प्रभावित गोर्खा र सिन्धुपाल्चोकका केही बिगत बस्तिहरुमा अझैसम्म राज्यले उपस्थिति जनाउन सकेको छैन | यस्तो स्थितिमा दुताबासले खोलेको खातामा राहत जम्मा गरि दिएर पिडितले कहिले पाउलान अनुमान गर्न गाह्रो छैन | सन् २०१० मा हाईटीमा गएको महाभूकम्प पछि बिदेशी दाताहरुले अर्बौ सहयोग गरे तर त्यो राहत कसरी दुरुपयोग भएको भयो ? सबैलाई जानकारी भएकै हो | नेपालको प्रशासनतन्त्र कस्तो छ भन्ने कुरा तपाई हामीले भोग्दै र देख्दै आईरहेका छौ | यस बारे केही लेख्नु पर्छ जस्तो लाग्दैन |
हो हामी अहिले यस्तो देशमा श्रम गरिरहेका छौ | जुन देशका जनताले कुनै दिन देशको लागि प्रदेशमा गएर श्रम गर्थे र आफुले पाएको तलब देशको नाममा पठाई दिन्थे | त्यति मात्र होइन् कोरिया आर्थिक मन्दीमा नराम्ररी फसेको बेलामा कोरियाका जनताले आफुसंग भएको सबै गरगहना देशलाई दिएका थिए | यसवाट हामीले के पाठ सिक्न जरुरी छ भने देशको नेतृत्व गर्ने प्रशासनले जनताको बिश्वास जित्न सकेका जनताले आफ्नो देशको निम्ति सिरीखुरी दिन तयार हुन्छन |
यदि अहिले हाम्रो देशमा नेतृत्व गर्ने प्रशासन सक्षम थियो भने कुनै संघ सस्थाले आफु खुसी राहत उठाउने पनि थिएनन् | उठाई हाले पनि दुताबासको खाता जम्मा गरि देउ भन्नु नै पर्दैन थियो | आफै गरि दिन्थे | कोरियामा रहेका सबैको नेपालीहरुको आफुले कमाएको एक महिना तलब दिने सबैको हैसियत छ | पक्कै पनि देश नेतृत्व गर्नेले हामीले पठाएको सहयोग सहि रुपमा परिचालन गर्ने क्षमता राख्थ्यो भने एक महिनाको तलब सबैले दिल खोलेर सहयोग गर्थे | नेपालको भ्रष्ट्राचारहिन प्रशासन हुन्थ्यो भने हाम्रो देश उहिले नै नेपाल बनि सक्थ्यो |
अत्यमा कसैले आफुलाई अविभावक ठान्छ भने अविभावकत्व पनि दिन सक्नु पर्छ | अविभावकत्व दिन सकिदैन भने आफुलाई अविभावक हु भन्ने आधिकार पनि नहोला | यधपी यो समयमा सबैले हातेमालो गर्दै अघि बदनुको विकल्प छैन |