कोरीयामा विताएको त्यो घटनालाइ सम्झींदा
कोरीयामा विताएको त्यो घटनालाइ सम्झींदा
अशोक पोख्रेल
जिवनका हरेक भोगाइका खुड्कीलाहरुलाइ पारगर्दै भविश्यको ठुलो सपना बोकेर दक्षिण कोरीया प्रवेश गरेको एक नेपाली युवक हुँ म । मेरो देश नेपालमा महीनाको करीब रु २५ हजार तलब बुझ्दथें म तर मलाइ त्यसले पुगेन अनी मन गयो महीनाको १ लाख देखी २ लाख नेपाली कमाइ हुने कोरीया । सबैको मुखबाट सुनिन्थियो कोरीया …कोरीया अनि म पनी भन्ने गर्दथें कोरीया । सबैले भने जस्तो र मैले सोचे जस्तो चै कोरीया रहेनछ, भाषाको समस्या, कामको समस्या महीनाको १- २ लाख नेपाली बुझ्न त कति समस्या .. समस्या । यसो भन्दै गर्दा यो पनी भन्नुपर्छ कोरीयामा धेरै कुरा राम्रा पनी छन् अनी नराम्रा पनी छन् कसरी लिने र बुझ्ने आफ्नो कुरा । अब, साँच्चै भोगेको यो सन्देशमुलक घटनाको जानकारी गराउन अनुमती लिन चाहान्छु जुन तँपाइलाइ पनी हुनसक्छ । कोरीयामा एउटा नेपालीले भोगेको एक अविश्मणिय घटना पनी हो यो ।
कुरा केही बर्ष पहीलेको हो, कोरीया प्रवेश गरेको १ बर्ष पनी नपुगी मेरो घरायसी कामले नेपाल गएर आउनुपर्ने भयो । कोरीयाको मुख्य यरपोर्ट इन्छन यरपोर्टबाट उड्ने गरी कोरीयन यरलायन्सको टिकेट लिएें । तर म कोरीयाको किम्हे शहरमा कार्यरत भएकोले छाङवनबाट इन्छन यरपोर्ट सम्मकोलागी यरपोर्ट बसमा जानुपर्ने भयो । मेरो बसको समय ११ बजे वेलुकाको थियो सोही अनुसार छाङवन बस टर्मिनल पुगें म । मेरो राहदानी, कोरीयन एलिएन कार्ड, प्लेन टिकेट ,३ तोलाको सिक्री, करीब २ लाख नेपाली बरारबरको पैशा सबै मुख्यकुराहरु कम्मरमा बाँध्ने सानो ब्यागमा हालेर कम्मरमा बाँधें, आफ्नो सुरक्षा त गर्नैपर्यो किनकी म एक्लै थिएें । मेरो घरको समस्याले गर्दा ध्यान अन्त थिएन मात्र घरमा थियो ।
कोरीयाको नियम त तँपाइ हामी सबैलाइ थाहा छदैंछ म गाडीमा चडें १०:५५(बेलुकाको) भएको थियो मेरो कम्मरको त्यो झोला कम्मरमा रहेनछ, तल गाडीको डिक्कीमा राखेको लगेजमा छकीछैन म बडो दोधारमा परें, के गरौं-गरौं भयो ..!! गुरुजीलाइ भने मेरो तलको झोलामा एउटा सामान हेर्नुपर्ने भयो ५ मिनेट गाडी रोकीदिनुस तर उसले भन्यो १ मिनेट पनी रोक्न मिल्दैन सामान हेर्न छ भने झोला निकाल सामान चेक गर गाडी जान्छ । मन मानेन सामान हेर्ने निर्णय गरें, रातको समय, बसपार्कको बिचबाट झोला घिसारेर लियाउँदा धेरै दुख भयो, लगेजको ठुलो झोला सबैतिर हेरें तर त्यो कम्मरमा बाँधेको सानो ब्याग ( मेरो श्रीसम्पतीको पोको) रहेनछ । अब मेरो घरको त के चिन्ता भयो र , नेपाल जाने आधार समेत भएन । त्यस्तो राती, कोरीयाको जाडो , कोरीयन भाषा थोरै मात्र आउने, त्यसमा पनी म एक्लै , जिउँदो छुकी मरेको छु थाहा भएन मलाइ । अब त्यो लगेजको पोकालाइ एउटा कुनामा फाली राखेर चर्पी तथा हरेक पसलहरुमा पागल जस्तो भएर दौडन थालें, मेरो कुनै पनी अंगले काम गर्न सकेको थिएन । अहीले जस्तो लाग्छ त्यो क्षण, यस्तोपनी हुँदोरहेछ । मेरो यो छटपटी देखेर एउटा कोरीयन दौडदैं आयो र मेरो त्यो सबै थोक भएको श्रीसम्पतीको पोको, कम्मरमा बाँध्ने झोला देखाएर भन्यो यो तेरो हो ?? मैले ठुलो स्वरमा भने हो मेरो .. । तेरो हो भने के प्रमाण के – के छ यहाँ लु भन भन्यो मेरो कम्मरमा बाँध्ने झोला न हो सबै भने उसले मलाइ दियो । म एक किसीमले खुशी भएें, उसलाइ भेंट्दा भगवानलाइ भेटे जस्तो लाग्यो, सबै समस्या जानेजती कोरीयन भाषा र इशाराको माध्ययमबाट भनें, सायद मेरो कम्मरको त्यो सानो झोला म बस्दा त्यसको अड्काउने क्लिप खुश्केको हुनुपर्छ ।
त्यही झोला भेट्ने कोरीयन मानिस संग हतार- हतार काउन्टर तिर पहीलेको टिकेट लिएर गएें, बस गइसक्यो भनेर काउन्टरमा टिकेट च्यातिदियो पछिल्लो बसको टिकेट काट्न प्रयास गर्यो त्यो बस काउन्टरको कर्मचारीले तर दुर्भाग्यबस त्यो दिन ११ बजे पछीको बस नै रहेनछ । अब के गर्ने जसरीनी त्यो भोली इन्छन पुग्नु थियो फेरी तनाव भयो । त्यो झोला भेट्ने त्यो दिनको मेरो भगवानले भन्यो छाङवनबाट छुटेको बस मासानमा केही समय रोक्छ भनेर,.. टियाक्सीमा गए भेटीन्छ … । तर म कसरी जाँने भाषा नआउने राती ट्याक्सी कसरी बोलाउने र जाँने !! मैले पटक- पटक भन्दैछु नी त्यो समयमा जुन मान्छे मेरो भगवान थियो उसैले ट्याक्सी बोलाएर मासान सम्म मसंगै गयो । न भन्दै मासानमा बस भेट्न सफल भइयो, झोला सबै वसमा राखें, त्यो मानिसलाइ कसरी धन्यबाद दिऔं, त्यो मेरो सिक्री पो दिऔंकी कि …. अपमान पो हुन्छकी, यस्तो मानिसले पक्कै लिंदैनहोला भन्नेपनी भयो । जुन मानिस ( त्यो दिनको मेरो भगवान) बसको गुरूलाइ मेरो बारेमा भनीरहेको थियो । म सोचिरहेको थिंए उसलाइ कसरी धन्यवाद दिऔं भनेर , यतिकैमा टिकेट चेक गर्ने अर्को मानिस आयो, सबैको टिकेट चेक गर्यो, मसंग पनी माग्यो, भाषाको समस्या मैले बुझाउन सकिन, अब २ मिनेटमा बस छुट्छ की टिकेट देखा की बसबाट झर भन्यो । फेरी अर्को ठुलै तनाव भयो मलाइ, कुदेर काउन्टरमा गएर फेरी अर्को टिकेट काटें, त्यहाँ पनी समस्या भयो, झन्नै बस छुट्यो। दौडेर आएें बसले आफ्नो गति लिइहाल्यो । कोरीयाको नियम न हो, दुख लाग्दो कुरा त्यो मेरो भगवानलाइ मैले भेट्न सकीन, केही भन्नै पाइन, कति अभागी म ..।
इन्छन यरपोर्ट पुगेको पत्तै भएन, यही घटना मात्र मेरो दिमागमा बसीरहयो, खेलीरहयो । इन्छन यरपोर्टमा केही नेपाली साथीहरुलाइ भेटें बल्ल केही साहास आयो । जब म नेपाल यरपोर्ट अवतरण भएें तब एक किसीमको ढुक्क भऐं अनि मात्र घरपरीवारको याद र सोचाइ तिर ध्यान गयो। यो कुनै काल्पनिक र मनोगणन्ते कथा हैन, यो त सत्य घटनामा आधारीत एक भोगाइको घटना हो । कोरीयामा एक नेपालीले भोगेको अनुभब हो । यस घटनाबाट सबैले धेरै कुराको ख्याल गर्नैपर्ने देखीन्छ, कोरीयाको नियम भनेको नियम नै हो । यात्रा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । यस्तो क्षण जो कोहीलाइ नआउला भन्नसकिन्न, तँपाइलाइ पनी हुनसक्छ । एक नेपालीले यस्तो घटनाको अनुभव र दुखको सामना गर्न परे पनी अरु नेपालीले सामना गर्न नपरोस, यो लेखको आशाय पनी यही हो ।