बागलुङ भलिबलको टाइसिट सार्बजनिक, १६ टिमको सहभागिता हुने
सज्जन कुमार सिंह
सउल
सामाजिक तथा सस्थागत बिकास र खेलकुद बिकासको लागि बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले जुलाई १० मा आयोजना गर्न लागेको पाचौ बागलुङ भलिबलको टाइसिट आईतबार सार्बजनिक गरिएको छ ।
दुई पोलमा खेलाईने खेलमा जम्मा १६ टिमको सहभागिता रहेको छ ।
पोल ए मा नेपाल सामुदायिम बिकास ख्वाङ्जुसंग युनिक भिजन भिड्ने छ । बागलुङ सम्पर्क समितिसंग पुन समाज कोरिया ,मेचिमहाकाली युनाइटेडसंग मोक्पो चौतारि ,मोना कोरियासंग गुल्मि सम्पर्क समिति भिड्ने छन ।
पोल वि मा स्याङ्जा परिवारसंग अर्घाखाचि सम्पर्क समाज ,ठकुरि समाज र तमुधि कोरिया ,राप्ती समाज र दुधपोखरि सामुदायिक केन्द्र त्यस्तै तनहु सम्पर्क समिति संग कास्की परिवार भिड्ने छन ।
खेल पोल ए को एउटा र पोल वि को एउटा गरि खेलाईने छ । सुरुको खेल पोल ए का टिमहरु नेपाल सामुदायिक ख्वाङ्जु र युनिक भिजन ग्रुप बिच हुने छ । दोस्रो खेल स्याङ्जा परिवार र अर्घाखाँची सम्पर्क समिति बिच हुनेछ
तेश्रो खेल पोल ए अन्तर्गतका बागलुङ सम्पर्क समिति र पुन समाज बिच हुनेछ । चौथो खेल ठकुरि समाज र तमुधि कोरिया बिच हुने छ । पाचौ खेल मेचिमहाकाली र मोक्पो चौतारि बिच हुनेछ । छैटौ खेल राप्ती समाज र दुधपोखरि सामुदायिक केन्द्र बिच हुनेछ सातौ खेल मोना कोरिया र गुल्मि सम्पर्क समिति बिच हुनेछ । आठौ खेल तनहु सम्पर्क समिति र कास्की परिवार बिच हुनेछ ।
बिजयि टिमले १२ लाख वन सहित कप र मेडल प्राप्त गर्ने छन भने दोस्रो हुने टिमले ९ लाख वन, कप सहित प्रमाणपत्र पाउने छन ।सान्त्वना दुई टिमले ३ लाख पचास हजार वन प्राप्त गर्ने समितिका खेलकुद संयोजक छानु चन्दले बताए ।
सोहि खेलको अबसरमा भाग्यशालि चिठ्ठा पनि राखिएको छ ।खेलाडि तथा आगन्तुकको सहजताको लागि नेपाली खाजाका परिकार तथा पानीको उचित ब्यबस्था गरिएको समितिमा अध्यक्ष याम श्रीसले जनाए ।
बिहाना ९ बजेबाट खेल संचालन गरिने भएकोले तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ । खेलमा श्रवण श्रेष्ठ,लोकेन्द्र भट्टचन,अमित राना,अर्जुन थापा ले प्रमुख रेफ्रिको भुमिका निर्वाह गर्ने छन ।
खेल गाङ्गबुक युथ सेन्टर सुयुको हलमा हुने छ ।बेस्ट प्लेरको प्रायाजन समितिका सदस्य दिपक शर्मा स्टारले एक लाख वन प्रदान गरेका छन । खेलको तयारिकालागि विभिन्न जिम्मेवारी प्रदान गरिएको समितिले जनाएको ।