छुसकमा झापालीको कन्काई संगीत घन्कीने
फोनिज कोरिया संवाददाता
सोल,
झापा मिलन समाज दक्षिण कोरीयाले आउदो सेप्टेम्बर १५ मा कन्काई सांगीतिक सौगात गर्ने भएको छ। नेपाल सम्पर्क समितिबाट कार्यक्रम गर्ने अनुमति पाए सगै कोरीयाको महान चाड छुसकको अवसरमा कोरीयामा रहेका नेपालीहरूसंग सागीतिक मनोरञ्जन गर्ने तयारीमा जुटेको छ।
जुलाई ३ मा बसेको समितिको बृहत भेलाले कार्यक्रम सफल बनाउन राजु सन्तोषी थापाको संयाजकत्वमा ५ उप समिति तथा १०१ सदस्यीय आयोजक समिति गठन गरेको छ।
मुल कार्यक्रम संयोजक राजु सन्तोषी थापा कलाकार छनोट तथा हल ब्यबस्थापन समिति के.पी सिटौला संयोजक, ध्यान राई, लोचन राई ,सन्तोष श्रेष्ठ ,शुसिल मैनाली र सुरेन्द्र नाल्बो रहेका छन् ।
जन सम्पर्क तथा सस्थागत समन्वय समिति पवन राई संयोजक , बाल कृष्ण बान्तवा उप संयोजक मंगल लिम्बु ,माया मोक्तान , धनुजा राई , रोशन ढकाल र पर्शु शेर्पा रहेका छन् ।
आर्थिक समितिमा युबराज दाहाल संयोजक सुरज केसि र नरहरी फुयाल रहेका छन् । टिकट ब्यबस्थापन शुसिल मैनाली संयोजक , सुरेन नाल्बो र समिर पौडेल रहेका छन् । मिडिया तथा प्रचार प्रसारमा अनिल नेपाल संयोजक० पुस्कर श्रेष्ठ ,अजय श्रेष्ठ , युबराज चापागाई र ओम प्रकास पाठक रहेका छन्
धुर्मुस सुन्तली फाउनडेसन सहयोगार्थ तथा झापा मिलन समाजले सञ्चालन गरेको पाथीभरा हाउसलाई ब्यबस्थित गर्ने उध्देश्यका साथ गर्न लागेको सांगीतिक सौगातलाई सफल बनाउन दक्षिण कोरीयामा रहेका सम्पुर्ण झापालीहरू जुटिरहेको संस्थाका अध्यक्ष्य सन्तोष श्रेष्ठ बताउनु भएको छ।
कोरीयाका बिभिन्न संस्था तथा ब्यक्तित्वहरूले कार्यक्रमलाई पुर्ण सहयोग गर्ने अपेक्षा लिएको तथा कार्यक्रमको सम्पुर्ण आर्थिक आय ब्यवय पारद्रशी रूपमा सार्बजानिक गरिने पनि बताउनु भयो।
कार्यक्रमलाई सहयोग गर्ने नामलिष्ट झापा मिलन समाजको फेसबुक पेजमा सार्बजानिक गरिने तथा कार्यक्रमलाई सहयोग गर्न दक्षिण कारीयामा रहेका नेपाली हरूलाई झापा मिलन समाजले आवाह्वन गरेको छ।