सज्जन कुमार सिंह
सोल, बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले आइतबार आयोजना गरेको पाँचौं बागलुङ भलिबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा शिर्ष उपाधिसहित आयोजक समिति बागलुङले १२ लाख वन र कप प्राप्त गरेको छ ।
उपबिजेता टिम कास्की परिवारसंग निकै प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट जितेर बागलुङले उपाधी सुरक्षित गरेको थियाे । उपबिजेता टिम कास्की परिवारले ९ लाख वन र प्रमाणपत्र हात पार्न सफल भए । त्यस्तै स्याङ्जा परिवार र माेना काेरिया दुई टिमलेले 3 लाख 50 हजार वनका दरले सान्त्वना पुरस्कार प्राप्त गरे । १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगितामा पाेल a र पाेल b बाट उत्कुस्ट बागलुङ र कास्कि बिच फाईनल भएकाे थियाे ।
खेलकाे उत्कृस्ट खेलाडि बागलुङ सम्पर्क समितिका खेलाडि अमृत पाैडेल चुनिए ।उत्कृस्ट खेलाडि पाैडेलले १ लाख वन र कप चुमे ।उकृस्ट खेलाडिकाे पुरस्कार बापत 1 लाख वन समितिका सदस्य तथा क्यामराम्यान दिपक शर्माले प्रायाजन गरेका हुन । प्रतियागितामा पहिला पटक ख्वाङजु र माेक्पाे चाैतारिबाट पनि दुई टिमले सहभागिता जनाएका थिए । प्रतियाेगितामा रेफ्रिकाे भुमिका निर्वाह गर्ने स्याङ्जाका खेलाडि टिम क्याप्टेन तथा रेफ्रि अमित राना र शंकर गुरुङलाई कदर पत्रले सम्मान गरिएकाे थियाे । बिजयी टिमलाई एन अारएन काेरियाका अध्यक्ष ,राजु क्षेत्रीले पुरस्कार प्रदान गरेका थिए । खेलकाे उद्घाटन एनसिसि प्रतिनिधि बिनाेद कुवरले गरेका थिए । प्रतियोगिता सब्य र भब्य रुपमा सम्पन्न भएकाे समितिका खेलकुद संयाेजक छानु चन्दले बताए । समितिका अध्यक्ष याम श्रीसले कार्यक्रम सफल बनाउन सहयाेग गर्ने सबैलाई अाभार ब्यक्त गरे ।