कोरियाली पुरुषले मेकअपमा करोडौ खर्च गर्छन
फोनिज कोरिया संवाददाता
कोरियाली युवती मात्र हैन युवाहरु पनि त्यतिक्कै सुन्दर र आकर्षक हुन्छन् । त्यसैले कोरियाली युवतीहरु बढी नै मेकअप गर्छन भन्ने छाप विश्मै परेको बेला कोरियाली युवकहरुमा पनि यसको ट्याग लागेको छ । युवतिहरु आफूलाई सुन्दरी देखाउन सृंगार गर्नु स्वभाविक मानिन्छ भने यहाँका युवकहरु पनि यस मामलामा कमि छैनन्
उमेर धेरै भए पनि कम उमेरका झै देखिने कोरियाली नागरिकहरु शारीरीक तन्दुरुस्तीका साथै सौन्दर्यमा पनि कुनै कमि आएको पाइदैन । यसको कारण त धेरै होला तर सौन्दर्य सामग्री उत्पादनमा विश्वमै गनिने देश कोरियाका नागरिकहरुको सौन्दर्यप्रतिको मोह पनि एक हो भन्नमा अतियुक्त नहोला ।
कोरियन युवाहरु पनि सौन्दर्य सामग्रीको प्रयोग गर्न माहिर छन् । युवाहरुले कोरियन अर्थतन्त्रमा बार्षिक ९ हजार मिलियन डलर मेकअपमा खर्च गर्ने गरेको एजेन्सीले जनाएको छ । युवाहरुले विषेशगरी विवि क्रिम फाउण्डेशन, फेस क्लिनजिइ०, बुढ्यौली विरुद्धको मसाज क्रिम र आँखाको क्रिम बढी प्रयोग गर्ने गर्छन । टिभी शोमा कामगर्ने युवाहरुदेखि साधरणसम्मका कुल पुरुष जनसंख्याको २० प्रतिशत पुरुषले दैनिक मेकअप गर्ने गर्छन ।
कोरियाको व्यस्त व्यवसायमा रोजगारीका कडा प्रतिस्पर्धा हुने भएकाले पनि युवाहरु आफूलाई राम्रो देखाउन मेकअप साहारा लिने गर्छन । अन्तरवार्तामा आफूलाई सेलिब्रेटी झै देखाउन मेकअप गर्नु अनिवार्य जस्तै बनेको छ ।