‘दोस्रो भानुभक्त स्मृति भलिबल रनिङ्ग कप २०१५’ को उपाधी स्याङ्जालाई


नोमराज गुरुङ

सोल– तनहुँ सम्पर्क समिति दक्षिण कोरियाद्धारा आयोजित ‘दोस्रो भानुभक्त स्मृति भलिबल रनिङ्ग कप २०१५’ को उपाधी स्याङ्जा परिवार दक्षिण कोरियाले उचालेको छ ।

आईतबार सोलको गुफाबाल स्थित उन्फ्यङ्ग खेलकुद केन्द्रमा सम्पन्न भएको अन्तिम फाईनल खेलमा उपाधीको दाबेदार मानिएको प्रतिद्धन्दी कास्की परिवारलाई हराउँदै स्याङ्जाले प्रतियोगिता विजयी गरेको हो ।

अन्तिम फाईनल खेलमा स्याङ्जाले कास्की परिवारलाई १७–२५, २५–२३ र २५–२२ को नम्बर अन्तरमा पराजित बनाएको थियो ।

‘दोस्रो भानुभक्त स्मृति भलिबल रनिङ्ग कप २०१५’ को उपाधी स्याङ्जाले १० लाख वन नगद पुरस्कार, पमाणपत्र, मेडल र ट्रफी प्राप्त ग¥यो ।

त्यस्तै प्रतियोगितामा दोस्रो भएका कास्की परिवारले नगद ७ लाख वन पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त ग¥यो ।

प्रतियोगिताको सेमी फाईनलमा स्याङ्जा परिवारले म्याग्दी समाजलाई र कास्की परिवारले बाग्लुङ्ग सम्पर्क समितिलाई पराजित गरी फाईनल यात्रा तय गरेको थियो ।

त्यस्तै प्रतियोगिताकै दाबेदार मानिएको टिम म्याग्दी समाजले भने तेस्रो हुँदै नगद ४ लाख वन पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त ग¥यो ।

‘दोस्रो भानुभक्त स्मृति भलिबल रनिङ्ग कप २०१५’ प्रतियोगितामा स्याङ्जा परिवारका नयाँ खेलाडी सुजन गुरुङ् उत्कृष्ट खेलाडी बन्दै नगद १ लाख वन पुरस्कार हात पार्न सफल भए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिम तथा उत्कृष्ट हुने खेलाडीलाई तनहुँ सम्पर्क समितिका सल्लाहकार गिरीराज कुँवर र म्याग्दी समाजका अध्यक्ष एवं भलिबल व्यवस्थापन समितिका अध्यक्ष मुक्ति केशीले पुरस्कार प्रदान गरेका थिए ।

भलिबल प्रतियोगितासँगै तनहुँ सम्पर्क समितिले आयोजना गरेको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार आईफोन सिक्स प्लस पाल्पाका भोज अधिकारीलाई परेको छ । त्यस्तै याम मगरलाई दोस्रो पुरस्कार क्यानोन डिजिटल क्यामेरा, गिरीराज कुँवरलाई तेस्रो पुरस्कार सामसुङ् एस फोर र सुमित्रा थापा, चन्द्र वाग्ले र सरिता नोपालीलाई सान्त्वना पुरस्कार सोलर लाईट परेको छ ।

पुरस्कार बिजेताहरुले १५ दिन भित्रमा तनहुँ सम्पर्क समितिसँग सम्पर्क गरी आ–आफ्नो पुरस्कार लिन समेत समितिले अनुरोध गरेको छ ।

एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवरले औपचारिक रुपमा उद्घाटन गर्नुभएको भलिबल प्रतियोगिता कार्यक्रमको अध्यक्षता तनहुँ सम्पर्क समितिका अध्यक्ष ललित थापाले गरेका थिए भने सञ्चालन सचिव सुनिल मल्लले गरेका थिए ।

प्रतियोगिता अवधीभर सेलरोटी, मासु, तरकारी लगायतका परिकारहरुको खानाको व्यवस्था समेत गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...