Advertisement
SKIP THIS

कोरियामा कालो पोथी र गाजलु


पछिल्लो समय दक्षिण कोरियामा नेपाली चलचित्र प्रदर्शन हुने क्रम बढ्न थालेको छ । केही समय अघि मात्र कोरियाका विभिन्न शहरमा प्रर्दशित अनमोल केसी अभिनित चलचित्र डिम्स अपार सफलतापश्चात अहिले चलचित्र कालो पोथी र गाजलु प्रदर्शन हुने तयारीमा रहेका छन् ।
युवा निर्देशक मिनबहादुर भामद्धारा निर्देशित चलचित्र कालोपाथी यहि जुलाई १७ तारिख आइतबार किम्हेमा प्रदर्शन गरिने भएको छ  ।

त्यस्तै २४ मा थेगुमा समेत प्रर्दशनी गर्न लागिएको उक्त चलचित्र गतवर्ष भेनिस अन्राष्टिय फिल्म फेस्टिभलमा क्रिटिक्स विधातर्फ उत्कृष्ट फिल्म घोषित भएपछि दर्शकमाझ बहुप्रतिक्षित बनेको थियो । बुसान अन्र्तराष्टिय फिल्म महोत्सवमा समेत छनोट भएको कोलो पोथी मुगुका दुई बालसखा प्रकाश र किरणबिचको मित्रतालाई माओवादी युद्धको पृष्ठभूमिमा राखेर निर्देशक भामले चलचित्र तयार पारेका छन् । जात र वर्गका आधारमा भिन्नता रहे पनि प्रकाश र किरणले मित्रतालाई कसरी कायम राखेका छन् भन्ने कुरालाई देखाउन खोजीएको चलचित्र कालो पाथीमा स्थानीय खडकराज नेपाली (प्रकाश) र शुक्रराज रोकाया(किरण)को मुख्य अभिनय रहेको छ ।
किम्हे माइग्रेन्ट स्पोर्टस क्लव र परदेशी लाइफ डट कमको संयुक्त प्रस्तुति रहेको चलचित्र प्रदर्शनबाट संकलित रकम खेल क्षेत्रको स्तरवृद्धि तथा परोपकारी अभियानमा खर्च गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी यहि जुलाई २४ तारिख कोरियाको राजधानी सोल र ३१ तारिख बुसानमा नेपाली चलचित्र गाजलु प्रदर्शन गरिने भएको छ । आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र नेपाली आवास गृह व्यवस्थापन समिति बुसानको सहकार्यमा प्रदर्शन गर्न लागिएको चलचित्र जीवित देवी कुमारी प्रथामा आधारित रहेको छ । चलचित्रमा  अनमोल केसीकासाथमा २०१२ का मिस नेपाल सृष्टी श्रेष्ठ, मेनका प्रधान, सलोन बस्नेत, गौरव पहारी, गौरी मल्ललगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
बुसानको नेपाली आवास गृहलाई अझ व्यवस्थित बनाउनको लागि गृहलाई चाहिने आधारभूत अत्यावश्यक सामान व्यवस्थापन गर्ने उदेश्यसहित प्रदर्शन गर्न लागिएको चलचित्र हेमराज बिसीले निर्देशन गरेको छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...